निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नैनाको माछा पालन मोह

नैनाको माछा पालन मोह

689
SHARES

काठमाडौं (पहिचान) भदौ २१ – बर्दियामा तेस्रोलिंगी महिला नैना सिंहले आफ्नो एकल प्रयासमा माछा पालन व्यवसाय सुरु गरेकी छन् । खेतीपाती राम्रो नहुने चार कठ्ठा जग्गामा उनले माछा पाल्न सुरु गरेकी हुन् ।
“राम्रोसँग खेती नहुने जग्गामा मैले माछा पालन व्यवसाय सुरु गरेकी हुँ,” तेस्रोलिंगी नैनाले भनिन्,“मलाई यसमा कसैको पनि सहयोग छैन । आफ्नै प्रयासमा माछा पाल्न सुरु गरेकी हुँ ।”
सुरुमा नील हिरा समाजमा कार्यरत नैनाले अहिले पोखरीमा २५ सय माछाका भुरा हालेकी छन् । यसका लागि उनले साढे तीन लाख लगानी गरेको बताइन् । भरखरै माछा पालन सुरु गरेकी उनले लगानीको प्रतिफल दसैंबाट सुरु हुने जानकारी दिइन् ।
सरकारी निकायबाट अहिलेसम्म आर्थिक तथा प्राविधिक कुनै पनि सहयोग नपाएको बताएकी नैनाले माछा पालनको प्राविधिक तालिम सरकारबाट अपेक्षा गरेको बताइन् । “सरकारी निकायसँग आर्थिक सहयोगका लागि आग्रह गर्दा ढिलो भयो भन्नु भयो,” उनले भनिन्,“आर्थिक सहयोग सम्भव नभए तालिम दिनुहोस भनेकी छु । हुन्छ भन्ने प्रतिबद्धता जनाउनु भएको छ । तर, सहयोग भने भएको छैन ।”
आफू जस्तै अरु समलिंगी तेस्रोलिंगी भारत गएर नाचेर जिविको पार्जन गर्ने गरे पनि आफूलाई भने त्यस्तो कार्य मन नपरेकाले नेपालमा बसेर व्यवसाय सुरु गरेको उनले बताइन् ।

समाचार शेयर गर्नुहोस्
689
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.