यौनिक अल्पसंख्यकको राष्ट्रिय परामर्श भेलाः के भन्छन् बर्दियाका तेस्रोलिंगीहरु ?

यौनिक अल्पसंख्यकको राष्ट्रिय परामर्श भेलाः के भन्छन् बर्दियाका तेस्रोलिंगीहरु ?

साहस बटाला/कास्की (पहिचान) भदौ २२ – नील हिरा समाज शाखा कार्यालय बर्दियामा कार्यरत काजल चौधरी आफ्नो जिल्लामा एचआइभी र यौन रोगका क्षेत्रमा काम गरिरहेकी छन्। उनी पुरुष यौनकर्मी (MSM), महिला यौनकर्मी (MSW) र तेस्रोलिंगी (TG) लाई लक्षित गरेर एड्स तथा यौनरोग नियन्त्रणका कार्यक्रम संचालन गरेको बताउँछिन् ।
Kajal chaudhari‘Global Fund र Save The Children को सहयोगबाट कण्डम वितरण, एच्आइभी परिक्षण, नागरिक सचेतनालगायतका कार्यक्रम संचालन हुँदै अएका छन् चौधरीले भनिन्, यी कार्यक्रमहरू स्थानीय सरकारी र गैर सरकारी संघ संस्थाहरूसँग पनि समन्वयमा गर्दै संचालन भइरहेका छन्।

उनले सरकारी तथ्यांक विश्वासनीय नभएको र एकीन तथ्यांक संकलन आफूहरुले पनि गर्न नसकेको बताइन्। दुई वर्ष अघि बर्दिया शाखाद्वारा लैंगिकताका आधारमा हुने हिंसा न्युनिकरण दिवसको अवसर पारेर गुलरिया नगरपालिका लगायत वरिपरिका ११ वटा गविसहरूमा कुनै दातृनिकाय वा सरकारी निकायको सहयोग बिना नै तथ्याङ्क संकलन गरेका थियौ उनले भनिन्, त्यो तथ्याङ्क अनुसार खुलेर आएका तेस्रोलिंगीहरू करिव ३५० जना रहेका छन्।

उनले राज्य पक्षसँग अधिकार माग्नु पर्ने समयमा लुकेर नबस्न पनि यौनिक अल्पसंख्यकहरुलाई आग्रह गरिन्। राज्यसँग आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता छु उनले भनिन्, सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई आफ्नो पहिचान खुलाएर आउन म आग्रह गर्छु। चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय परामर्श भेलामा सहभागी हुन पाउँदा खुसी महSapanaसुस भएको बताउँदै यस्तो पारामर्श भेलामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका यौनिक तथा लैंगिकक अल्पसंख्यकको एकैसाथ विचार साटासाटको मौका हुने भएकाले नियमित आयोजना गर्नु पर्ने बताइन्।

बर्दियाकै अर्की तेस्रोलिंगी महिला सपना चौधरी यौनिक तथा लैंगिक अल्पसंख्यकको संस्था लसुन्दर संसारको अध्यक्षका रूपमा काम गरिरहेकी छन्। उनी प्रशासनिक क्ष्रेत्र लगायत हरेक क्ष्रेत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सहभागिता र समावेशिताका लागि पहल गर्नुपर्ने बाताउछिन ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले पनि सँधै राज्य र प्रशासनलाई मात्र दोष दिएर हुँदैन, आफूहरू पनि सक्षम भएर लाग्ने प्रतिवद्धता जाहेर गर्नुपर्छु उनले भनिन्, म सँधै विभिन्न कार्यका लागि मन्त्रालय जाँदा प्रशासनिक व्यक्तिहरूले तेस्रोलिङ्गीहरू छाडा भएको भनेर औँल्याउँछन्। उनले समलिङ्गी तेस्रोलिंगीका मुद्धामा एक जनाले मात्र बोलेर नहुने भन्दै समाजका सबै जनाले आवाज उठाउनुपर्ने बताइन् ।
राष्ट्रिय परामर्श भेलामा सहभागी हुन पाउँदा खुसी भएको महसुस गरेकी उनलाई यो पारामर्श भेला दशैँ तिहार पर्व जस्तै लागेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.