एचआईभी संक्रमित तेस्रोलिंगीको तथ्यांक छैन : यूएनएड्स

एचआईभी संक्रमित तेस्रोलिंगीको तथ्यांक छैन : यूएनएड्स

614
SHARES

काठमाडौं (पहिचान) भदौ २४ – एचआईभी एड्स न्यूनिकरण तथा उन्मुलनको क्षेत्रमा काम गर्दै आएको दातृ संस्था यूएनएड्सले तेस्रोलिंगी एचआईभी संक्रमित समुदायको तथ्यांक नरहेको बताएको छ । समुदाय परिचानल अधिकृत विना पोखरेलले अरु सबै समुदायका एचआईभी संक्रमतिको संख्या आएपनि तेस्रोलिंगीको संख्या नआएको बताइन् ।

पोखरामा सम्पन्न दुई दिने राष्ट्रिय कार्याशाला गोष्ठिमा पोखरेलले तेस्रोलिंगी समुदाय एचआईभी संक्रमणको जोखिममा बढी रहेको भनिए पनि एकिन तथ्यांक आउन नसक्दा काम गर्न अफ्ठ्यारो भएको बताइन् ।
तेस्रोलिंगीको तथ्याङक संकलन गर्ने जिम्मेवारी सरकारको रहेको पोखरेलले बताइन् । “म तपाईंहरुसँग आफ्नो समुदायको तथ्याङक सरकारसँग माग्न जोडदार माग गर्छु,”पोखरेलले भनिन्,“यो सरकारको जिम्मेवारी हो भने तपाईंहरुको अधिकार पनि हो ।”
उनले सरकारले आजसम्म तेस्रोलिंगीको तथ्याङक संकलन नगरे पनि यूएनएड्सको सम्पर्कमा आठ हजार आएको बताइन् । यता डेढ दशक देखि समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले भने आफ्नो सम्पर्कमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुुदायक सम्पर्कमा रहेको दाबी गर्दै आएको छ ।
विसं. १९६८ सालदेखि राष्ट्रिय जनगणना गर्दै आएको नेपाल सरकारले अहिलेसम्म समलिंगी तेस्रोलिंगीको गणना गरेको छैन । जसका कारण तेस्रोलिंगीको यकिन संख्या आउन सकेको छैन भने यो समुदायलाई आफ्नो लक्षित वर्गमा राखेर कार्यक्रम गर्न चहाने संस्था तथा सरोकारवाला निकायले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई चाहेर पनि समेट्न सकेका छैनन् ।
विभिन्न संघसंस्थाले गरेको अध्ययन अनुसार कुल जनसंख्याको ८ देखि १० प्रतिशत जनसंख्या यौनिक तथा लंैगिक अल्पसंख्यक हुन्छन ।

समाचार शेयर गर्नुहोस्
614
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.