“उठ्नुहोस् हामी साथमा छौ”

“उठ्नुहोस् हामी साथमा छौ”

बिनोद वि.सी./रुपन्देही (पहिचान) असोज १ – लुम्बिनी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी दिपेन्द्र कुमार पौडेलले स्वास्थ्य क्षेत्रमा समालिंगी तेस्रोलिंगी समुदायलाई भेदभाव गर्न नहुने बताएका छन् । पौडेलले स्वास्थ्य क्षेत्रमा लिंग, वर्ण, रंग र धर्मको हिसावले कुनै पनि व्यक्तिको जीवनमा आँच आउने कार्य गर्न नहुने बताए ।

पौडेलले ठुला ठुला भाषण छाटेर अधिकारका कुरा गर्ने अधिकारकर्मीहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारको लागि आवाज उठाउन सुझाव दिए । पौडेलले तेस्रोलिंगी महिला मनिला न्यौपाने र सञ्जय शर्माको बिषयमा कविता समेत लेखेका छन् ।

उनले समालिंगी तेस्रोलिंगीहरुलाई समाजमा लुकेर होईन खुलेर बाच्नु भनेका छन् । आफूहरु समाजमा लुकेर बस्ने हो भने पहिचाननै गुम्न सक्ने उनको भनाई छ ।

दिपेन्द्र कुमार पौडेलले लेखेको कविता जस्ताको तस्तै
हामी ठुला ठुला कुरा मात्रै गर्छाै
समानताका ठुला ठुला ड्रिङ हाक्छौ
मानिस सवै एकै हो भनेर भाषण गर्छाै रगत सवैको रातो हुन्छ भनेर दर्शन छाट्छौ ।
मानब अधिकारका कुरा गर्छाै
जनवार अधिकारका वारेमा कुर्लिन्छौ
यसैका लागि थुप्रै धन सम्पति खर्च गर्छाै
पोष्टरमा ठुला ठुला अक्षर लेख्छौ ।।
अब भाषण होईन काम गर्ने बेला आएको छ
मनिलाहरुको आवाजमा आवाज मिलाउने बेला आएको छ
सञ्जयहरुको अधिकारका लागि लड्ने बेला आएको छ
अब अन्य भनेर होइन मान्छे, माँछे भनेर जिउने बेला आएको छ
अब बिनोद र फत्तेहरुको विरोध गर्ने बेला आएको छ
महिला, पुरुष, समालिंगी, तेस्रोलिंगी होईन मानव भनेर जिउने बेला आएको छ
मनिला सञ्जय तपाईहरु उठ्नुहोस्
हामी संगै छौ, कदापी अन्याय नसाच्नुहोस्
महाभारत र धृतराष्ट्रलाई धरमै देखाई दिनुहोस्
अब समाजलाई पनि त्यो ज्ञान दिनुहोस्
उठ्नुहोस् मनिला जि सञ्जय जि हामी साथमा छौ
स्वास्थ्यकर्र्मीहरुको जात हुदैन, लिंग हुदैन, धर्म हुदैन रंग हुदैन यो कुरा बुझ्नुहोस्
अरु केहि गर्न नसके पनि भावना त तपाईहरुको साथमा छ ढुक्क हुनुहोस् ।।

स्वास्थ्यकर्मी : दिपेन्द्र कुमार पौडेल
अञ्चल अस्पताल वुटवल,रुपन्देही

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.