‘तेस्रोलिंगीको मुद्दा सबै राजनीतिक दलका एजेण्डा बन्नुपर्छ’

‘तेस्रोलिंगीको मुद्दा सबै राजनीतिक दलका एजेण्डा बन्नुपर्छ’

760
SHARES

विपना पनेरु/कास्की (पहिचान) असोज २ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले यौनिक तथा लैंगिक अल्पसंख्यक सुमदायका मुद्दा समेट्ने प्रतिबद्धता जनाएकाले आफूसहित समलिंगी तेस्रोलिंगी नयाँ शक्ति नेपालमा आबद्ध भएको स्पष्ट पारेकी छन् ।
पोखरामा सम्पन्न दुई दिने तमु राष्ट्रिय परिषद् भेलामा नयाँ शक्ति नेपालकी केन्द्रिय परिषद सदस्य तथा दलित तथा अल्पसंख्यक विभाग प्रमुख गुरुङ्गले समाज देखि राज्यसम्म समलिंगी तेस्रोलिंगीको पहुँच स्थापना गर्न नयाँ शक्तिमा आबद्ध भएको बताइन् । tamu-vela
कुनै पनि पछि परेको बर्ग तथा समुदायको मुद्दा राजनीतिक दलको एजेण्डा नबनेसम्म राष्ट्रिय मुद्दा नबन्ने भएकाले आफू पनि नयाँ शक्तिमा लागेको स्पष्ट पार्दै उनले समलिंगी तेस्रोलिंगीका माग र मुद्दा सबै राजनीतिक दलका एजेण्डा बन्नु पर्नेमा जोड दिइन् ।
तेस्रोलिंगी भएकोमा आफूलाई ग्लानी भन्दा पनि गौरव लाग्ने गरेको बताएकी गुरुङ्गले पहिचान खोलेर आउन समलिंगी तेस्रोलिंगीलाई आग्रह समेत गरिन् । उनले स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो अधिकार स्थापित गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक विभिन्न राजनीतिक दलमा प्रवेश गरेको बताइन् । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा राजनीतिक दलहरुले सहयोग गर्नु पर्नेमा उनको जोड छ ।
आर्थिक समृद्धिसहितको नयाँ नेपाल निर्माणका लागि र पार्टीको प्रभाव बढाउन पार्टीलाई समावेशी बनाउनुको विकल्प नरहेको भन्दै गुरुङ्गले भनिन्, “नयाँ शक्तिको प्रभाव वढाउन समुदाय स्तरमा पनि आफ्नो संगठन विस्तार गर्नु पर्छ । त्यस्ता संगठनमा सबैको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ।”

समाचार शेयर गर्नुहोस्
760
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.