राष्ट्रिय मतदाता अधिकार मञ्चको सदस्यमा चाल्स निर्वाचित

राष्ट्रिय मतदाता अधिकार मञ्चको सदस्यमा चाल्स निर्वाचित

592
SHARES

कञ्चनपुर (पहिचान) असोज १५ – राष्ट्रिय मतदाता अधिकार मञ्च कञ्चनपुरको सदस्यमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका तर्फबाट चाल्स सिजापती निर्वाचित भएका छन् । नील हिरा समाजको शाखा कार्यालय कञ्चनपुरमा कार्यरत चाल्स मतदाता अधिकार मञ्चको सदस्य भएका हुन् ।

chalsसमाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी दलित तथा अल्पसंख्यक विभागकी संयोजक पिंकी गुरुङले चुनावमा मत हाल्न मात्रै नभई आफ्नो क्षेत्रको विकास, सबैको अधिकारको सम्मान गर्ने नेतृत्व चुन्न मतदाता आफ्नो अधिकारमा सचेत हुनु पर्ने वताइन । मञ्चमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायबाट प्रतिनिधित्व हुनु खुशीको कुरा भन्दै अध्यक्ष गुरुङले नव गठित समितिलाई बधाई तथा सफलताको शुभकामना दिइन ।

भविष्यमा सोझा सिधा जनताको मत लुट्ने, बेचिने राजनीति संस्कारलाई मतदाता अधिकार मञ्चले तोड्नु पर्ने सुझाव अध्यक्ष गुरुङले दिइन । सबै नेपाली मतदाताको मतदानको अधिकार संरक्षण र सम्वद्र्धनका लागि मञ्च क्रियाशिल हुने उनको विश्वास छ ।

मञ्चका सदस्य चाल्सले जिम्मेवारी बढेको बताउँदै समूदायको मानवअधिकारसँगै मतदानको अधिकारका लागि क्रियाशिल हुन पाउँदा खुशी लागेको वताए । उनले सबै भन्दा पहिले समूदायका सदस्यलाई पहिचान अनुसारको नागरिकता दिन प्रेरित गर्ने वताए ।

समाचार शेयर गर्नुहोस्
592
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.