निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्न एक्सन ग्रुप

अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्न एक्सन ग्रुप

641
SHARES

विपना पनेरु/कास्की (पहिचान) असोज ३० – राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक सुर्यबहादुर देउजाले मानवअधिकार उल्घनका घटना आयोगमा दर्ता गर्न आग्रह गरेका छन् । देउजाले यौनिक तथा लैगिक अल्पसंख्यक तथा बिभिन्न अल्पसंख्यकलाई विशेष सहयोग गर्न आयोग तयार रहेको वताए ।

उनले उजुरी गर्न कुनै शूल्क नलाग्ने समेत बताए । पोखरामा आयोजित एक तालिममा उनले सबै नागरिक समान रहेको भन्दै पीडित भएर नबस्न सबैसँग आग्रह गरे । उनले संविधानले सुरक्षित गरेको अधिकार उपभोग गर्नुपर्नेमा जोड दिए ।
यौन प्रजनन् स्वस्थ्य सम्बन्धी ज्ञान व्यबहार र सीपले सशक्त बनाउने उद्धेश्यले सञ्चालित तालिममा एचआईभी क्षेत्रमा जोखिम पूर्ण रहेको समुदाय एचआईभी संक्रमीत तथा प्रभावित महिलाका क्षेत्रमा काम गर्ने संस्था, लागुपदार्थको दुव्र्यसनीमा फसेका महिलाको क्षेत्रमा काम गर्ने संस्था, जोखिम पूर्ण समुदायमा रहेका युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समलिंगी तेस्रोलिंगी महिला र यौनकर्मी महिला संगठनका प्रतिनिधि सहभागी थिए ।
उक्त संघसंस्थाका प्रतिनिधिहरुबाट १/१ जना गरि ५ जना को एक्सन ग्रुुप चुनिएको छ । जसमा तेस्रोलिंगीका बिन्दिया गौतम एफएसजीएमएनबाट चयन भएकी छन् । यो ग्रुपले अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्नेछ ।

समाचार शेयर गर्नुहोस्
641
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.