चार हजार कण्डम वितरण

चार हजार कण्डम वितरण

ललितपुर (पहिचान) कार्तिक ६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले चार हजार कण्डम वितरण गरेका छन् । २२ औ कण्डम दिवसमा अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ, नील हिरा समाजको शाखा कार्यालय परिचय समाजले विभिन्न संस्थासँगको सहकार्यमा कुण्डोलमा स्टल राखेर चार हजार कण्डम वितरण गरेको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जनकुमार बैद्यले जानकारी दिए ।
aids“दोहेरो सुरक्षाका लागी कण्डमको प्रयोग गरौ” भन्ने नाराका साथ मनाइएको कण्डम दिवसका अवसरमा एचआइभीको संक्रमण हुन नदिन समूदायका सदस्यले कण्डमसँगै समलिंगी तेस्रोलिंगीबारे पनि जानकारी दिइएको बैद्यले वताए ।
नील हिरा समाजका अनुसार काठमाडौं उपत्यकामा जनचेतनाका कारण गएको बर्ष भन्दा एचआइभी संक्रमणको दर घटेको छ । गएको बर्ष ३ दशमलव ८ प्रतिशत रहेको एचआइभी संक्रमणको दर अहिले २ दशमलव ५ प्रतिशत रहेको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।
कण्डम दिवसका अवसरमा समलिंगी तेस्रोलिंगीहरुले देशका विभिन्न ठाउँमा जनचेतना मुलक कार्यक्रम गरेका छन् । पहिhiv-aidsचान सहकर्मी इन्दिरा न्यौपानेका अनुसार नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाले सचेतना मुलक र्याली, हाजिरी जवाफ सडक नाटक तथा सभा गरेको छ ।
हेटौडामा भएको कण्डम दिवस कार्यक्रममा विभिन्न सरकारी कार्यलयहरु जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य, जि डब्लु पि, विजाम, परिवार नियोजन संघ, मकवानपुर महिला समुह, मकवानपुर पोजेटिभ समुह, नील हिरा समाज मकवानपुर, नेपाल रेडक्रस सोसाइटि, जस्ता विभिन्न संस्थाहरुका प्रतिनिधिको सहभागीता थियो ।
दिवसमा सहभागीहरुले कण्डम लुव बितरण गरि कण्डमको प्रयोगबाट हूने फाइदाको बारेमा जानकारी दिएका थिए ।

पहिचान सहकर्मी विपना पनेरुका अनुसार कण्डम दिवसको अवसरमा एचआईभी तथा यौन जन्य रोगबारे जनचेतना जगाउन पोखरामा बाजागाजा सहित र्याली निकालिएको छ । र्याली पछि भएको कार्यक्रममा परिवार नियोजन संघका निमित्त क्षेत्रीय निर्देशक डाक्टर रामचन्द्र ढकालले हाल सम्म विश्वका करिव ३ करोड ७० लाख मानिसलाई एचआईभी संक्रमण भएको जानकारी दिए । सन २०१५ सम्म नेपालमा करिव ३९ हजार ३ सय ९७ जनामा एचआईभीको संक्रमण भएको अनुमान गरिएको ढकालले वताए ।pokhara

तेस्रोलिंगी मानवअधिकारकर्मी बिन्दिया गौतमले एचआइभीको जोखिममा महिला पुरुष मात्र नभई समलिंगी तेस्रोलिंगी पनि रहेको वताइन । समलिंगी तेस्रोलिंगीमा एचआइभीको संक्रमण हुन नदिने विभिन्न जनचेतना मुलक कार्यक्रम मध्ये कण्डम दिवसलाई महत्वका साथ मनाउँदै आएको गौतमले वताइन । नौलो विहानी पोखराका कार्यक्रम संयोजक राजु थकालीले एचआइभीलाई शुन्यमा पुर्याउने अभियानमा आफूहरु जुटिरहेको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.