निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीलाई प्रहरी र अनुसन्धानमा भर्ना गरे अपराध घटाउन सहज : पिंकी गुरुङ

समलिंगी तेस्रोलिंगीलाई प्रहरी र अनुसन्धानमा भर्ना गरे अपराध घटाउन सहज : पिंकी गुरुङ

923
SHARES

काठमाडौं (पहिचान) कार्तिक १८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायकी अभियन्ता पिंकी गुरुङले समलिंगी तेस्रोलिंगीलाई प्रहरी र राष्ट्रिय अनुसन्धानमा भर्ना गरे अपराध नियन्त्रण सहज हुने बताएकी छन्।

पहिचानसँगको कुराकानीमा नील हिरा समाजकी अध्यक्ष समेत रहेकी अभियन्ता गुरुङले यौनलाई अपराधका रुपमा परिभाषित गरिदिदा त्यसकै आडमा अपराध बढिरहेको बताइन्। ‘यौंन आफैमा अपराध हैन तर हाम्रो समाजले यौनकर्मलाई अपराधका रुपमा स्थापित गरिदिएको छ’ गुरुङले भनिन्, ‘त्यसकारण यौन कर्ममा रहेका तेस्रोलिंगीहरुले पनि यौंनका लागि आउनेहरुलाई लुट्ने चोर्ने देखि अन्य आपराधिक काम गरिरहेका छन्।’

उनले तेस्रोलिंगीसँग यौन सम्बन्धका लागि जानेहरुले त्यहाँ भएका अपराध खोलेर न्याय खोज्न जान नसक्ने भएकाले पनि यौनकर्मीहरुले आपराधिक गतिविधिमा संलग्नता जनाएको बताइन्। ‘एउटा व्यक्ति ठगिएर गएको छ भने पनि यौनकर्मी तेस्रोलिंगीसँग ठगिएको कुरा बाहिर भन्न सक्दैन वा प्रहरीमा कम्प्लेन गर्दैन भनेर पनि पछिल्लो समय केही अपराध बढेको पाइएको छ’ गुरुङले भनिन्।

उनले त्यस्तो अपराध प्रहरीका लागि चुनौंति बनिरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रहरी र राष्ट्रिय अनुसन्धानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट भर्ना खोलिनुपर्ने बताइन्। ‘तेस्रोलिंगी व्यक्तिलाई अर्को तेस्रोलिंगी चिन्न कुनै समस्या हुँदैन, त्यसैले अपराधिक गतिविधिमा लागेकाहरुलाई समातेर कारवाहीको दायरामा पुर्याउन सकिन्छ’ उनले भनिन्।

तल्लो तहका प्रहरीले नै पैंसा खाएर अनुसन्धान अघि नबढाउँदा पनि थप अपराध बढिरहेको अनुभव आफूले गरिरहेको गुरुङले बताइन्। ‘अपराधमा परिरसकेकाहरुसँग पनि प्रहरीले पैसा खाएर अनुसन्धान अघि नबढाउँदा थप अपराधका लागि प्रोत्साहन भइरहेको छ’ उनले् भनिन्।

उनले समस्या आइसकेपछि समाधान गर्नुपर्नेमा पैसा वा अन्य कारणबाट समस्या लुकाउने काम भए अपराध थप फैलने बताइन्। गुरुङले यौन कर्मलाई अपराध भन्न छोड्नुपर्ने र त्यसलाई व्यवस्थित गर्नुपर्ने बताइन।

गुरुङ नयाँ शक्ति नेपालकी केन्द्रीय सचिवालय सदस्य तथा दलित तथा अल्पसंख्यक विभागकी प्रमुख समेत हुन्।

समाचार शेयर गर्नुहोस्
923
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.