‘दलितभन्दा तेस्रोलिंगीलाई विभेद धेरै छ’

‘दलितभन्दा तेस्रोलिंगीलाई विभेद धेरै छ’

774
SHARES

काठमाडौं (पहिचान) कार्तिक २६ – कलाकार विपीन कार्कीले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्ति कलाकारितामा लाग्नु पर्नेमा जोड दिएका छन् । कतिपय चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको भन्दै यसको अन्त्यका लागि पनि स्वयम यौनिक तथा लैंगिक अल्पसंख्यक नै कलाकार हुनुपर्ने उनको भनाइ छ ।
आफ्नोबारे अरु कसैले भन्दा पनि आफैले अभिनय गरे त्यसमा न्याय हुने भन्दै उनले भने, “समलिंगी तेस्रोलिंगीका बारेमा अभिनय गर्नु पर्ने अवस्था आयो भने उनीहरुको बारेमा हामीलाई भन्दा उनीहरुलाई नै धेरै जानकारी हुन्छ, हामीले नै गर्नु पर्यो भने बढीमा एक महिना अध्ययन गरिन्छ होला त्यतीले उहाँहरुको बास्तविकतालाई न्याय गर्न सकिदैन ।”
नेपाली चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गरिनुमा विषयबस्तुको जानकारीमा कमी हुनु कार्कीको धारणा छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै पनि विभेद हुने गरेको भन्दै उनले दलित तथा जनजातिलाई भन्दा समलिंगी तेस्रोलिंगीलाई समाजमा जिउन गाह्रो रहेको बताए ।
“म आफ्नै एउटा उदाहरण दिन्छु, कालो पोथी सिनेमा गर्दा त्यसमा मेरो भूमीका एक दलितको थियो । छायांकनको लागि म मुगुमा पुगेको थिएँ । त्यहाँ मलाई दलित नै भएर बाँचेर अभिनय गर्छु भनेर आफू पनि दलित भएको भन्दै एक दलितकोमा बसें,” कार्कीले स्मरण गरे, “दुई महिना म दलित भएर बस्दा मलाई त्यो समाजले कस्तो व्यवाहार गर्यो, मलाई कति दर्द भयो त्यो मलाई मात्र थाहा छ । चिया पसलमा गयो भने बेन्चमा बस्न दिदैन थिए, परपरै गर्थे । सामाजिक काममा सहभागी हुन खोज्यो भने बहिष्कार नै गर्थे । मलाई दुई महिना दलित भएर बाँच्न त गाह्रो भयो भने दलितलाई भन्दा धेरै विभेद हुने समलिंगी तेस्रोलिंगी आफ्नो पूरै जीवन कसरी हेलामा विताउँछन् म कल्पना पनि गर्न सक्दिन ।”
कलाकार कार्कीले संविधान तथा कानुनमा लेखेर मात्रै अधिकार प्राप्त हुन नसक्ने भन्दै त्यसको व्यवाहारमै कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
774
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.