मकवानपुर (पहिचान) कार्तिक २६ – नील हिरा समाजको सहारा परियोजनाले यौनिक था लैंगिक अल्पसंख्यक समूदायमा हुने मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण तालिम दिएको छ । हेटौडामा दिइएको तालिममा सहारा नेपालकी कन्ट्री अफिसर सुशिला लामाले विभिन्न ठाँउमा घटेका घटनालाई प्रणालीगत रुपमा अभिलेखिकरण गर्ने बारे जानकारी दिइन् ।
सहारा नेपाल बंलादेश, भारत, श्रीलकां लगायतका देशहरुसँगको नेटवर्क रहेको बताउदै लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा भइरहेको मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण महत्वपूर्ण हुने वताइन । उनले दुई वर्ष यता मानव अधिकार उलंघनका ६२ वटा घटना दर्ता भैसकेको जानकारी दिइन ।
उनले घटनालाई अभिलेखिकरण गर्नुको उद्देश्य प्रष्ट्याउदै मानव अधिकारको विषयमा पनि जानकारी दिइन । तालिममा विभिन्न जिल्लाका सहभागीहरुले घटनालाई अभिलेखिकरण सँगसगै मानव अधिकार उल्लंघन न्युनिकरण गर्न मानवअधिकारको विषयमा सबैमा जानकारी गराउन आवश्यक रहेको बताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.