यौन अभिमुखिकरण बुझ्न वेसिक ओरियन्टेसन तालिम

यौन अभिमुखिकरण बुझ्न वेसिक ओरियन्टेसन तालिम

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) कार्तिक २६ – मकवानपुरको हेटौंडामा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा जानकारी दिन आधारभुत अभिमुखीकरण तालिम सम्पन्न भएको छ । नील हिरा समाज मकवानपुरको आयोजना र सेभ द चिल्ड्रेन परियोजनाको आर्थिक सहयोगमा भएको आधारभूत अभिमुखीकरण तालिममा सरोकारवालाहरुलाई सहभागि गराइएको थियो ।
कार्यक्रममा यौन रोग, एचआभी एड्स, यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा जानकारी दिनुका साथै मानव अधिकार सम्बन्धी पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा यौन रोग, एचआभी एड्सको बारेमा जानकारी दिनुका साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुमा एचआइभीको जोखिम र यसबाट बच्ने उपायका बारेमा सिकाइएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारका विषयमा पनि तालिममा जानकारी गराइएको थियो ।
सहभागीहरुले उत्सुकतापूर्वक सहभागीता जनाउँदै आफ्नो लागि जिवनपयोगि र सकारात्मक ज्ञान पाएको भन्दै खुशी व्यक्त गरे ।
यौनिकता, एचआइभी, मानव अधिकारको विषयमा धेरै कुराहरु सिक्ने मौका पाएको भन्दै उनीहरुले यस्ता कार्यक्रमले परिर्वतन ल्याउने प्रतिक्रिया दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.