काठमाडौं (पहिचान) कार्तिक २६ – समलिंगी विवाहबारे कानुनको मस्यौदा बनाउन गठित समितिले समलिंगी विवाहलाई मान्यता दिने प्रतिवेदन अध्ययन गर्ने भएको छ । समितिका सदस्यहरुलाई समलिंगी विवाहबारेको प्रतिवेदन अध्ययन गर्न हप्ता दिनको समय दिइएको समितिका सदस्य सचिव भरत शर्माले पहिचान अनलाईनलाई जानकारी दिए ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा बसेको समितिको पहिलो बैठकले यौनिक तथा लैंगिक अल्पसंख्यक सबैलाई समेट्ने गरी विवाहको कानुन बनाउने बिषयमा छलफल भएको शर्माले जानकारी दिए । समलिंगी विवाह भन्नाले महिला महिला र पुरुष पुरुष मात्रैको भयो, त्यसमा तेस्रोलिंगी, अन्तरलिंगी र वाइसेक्सस्युल (दुईलिंगी) महिलासँग पनि र पुरुषसँग पनि विवाह गर्नेलाई के व्यवस्था गर्ने भनेर छलफल सुरु भएको छ शर्माले भने, त्यस बिषयमा हामी कार्य योजना बनाउछौ ।
आन्तरिक रुपमा मन्त्रालयमा छलफल गर्ने र बृहत रुपमा हप्ता दश दिनमा समितिमा बसेर छलफल गर्ने शर्माले वताए । समलिंगी विवाहको कानुन बनाउन बनेको समितिको पहिलो बैठकमा सदस्यहरुबीच कानुन निर्माणका बिषयमा सामान्य छलफल भएको उनले वताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.