चिनकाजी भन्छन् – संविधानले तेस्रोलिंगीलाई दिएका अधिकारबाट पछि फर्कन सकिदैन

चिनकाजी भन्छन् – संविधानले तेस्रोलिंगीलाई दिएका अधिकारबाट पछि फर्कन सकिदैन

576
SHARES

काठमाडौं (पहिचान) मंसिर २ – नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई दिएका अधिकारबाट पछि हट्न नसकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका प्रमुख सचेतक श्रेष्ठले कानुनले संविधानले दिएका अधिकार भावनासहित कार्यान्वयन गर्ने बताए ।
‘संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई समान अधिकार प्रदान गर्ने कुरा उल्लेख गरिसकेको छ,’ श्रेष्ठले भने, ‘अब संविधानले नैं समान अधिकार भनेको छ भने समलिंगी तेस्रोलिंगी विवाहको विपक्षमा बहस गर्न कसरी मिल्छ ?’ श्रेष्ठले संविधानले दिएका अधिकार कानुनमा दिन्न भन्नु भनेकै संविधानको भावना विपरित हुने बताए ।
‘आजको समाज हिजोभन्दा धेरै अघि बढिसकेको छ, अब हिजो के थियो हैन अबका लागि के उपयुक्त हुन्छ भनेर सोच्न आवस्यक छ’, श्रेष्ठले भने, ‘त्यसैले समलिंगी विवाहलाई मान्यता दिएर तेस्रोलिंगीहरु विरुद्ध हुने कानुन विपरितका गतिविधिहरु नियन्त्रणमा ल्याउनुपर्छ ।’ उनले समजमा मानवहरुबीच समानताका लागि नभएर अव विकासका लागि प्रतिस्पर्धा आवस्यक हुने भन्दै कानुनले सबै प्रकारका विभेदको अन्त्य गरेर विकास निर्माणमा देश अघि बढ्नुपर्ने बताए ।
श्रेष्ठले संविधानले दिएको अधिकार देवानी र फौजदारी संहिताले व्यवस्थित गर्ने भन्दै त्यसलाई कसैले पनि परिवर्तन गर्न नसक्ने बताए । ‘संविधानले दिइसकेका अधिकार देवानी र फौजदारी संहिताले रोक्ने भन्ने हुँदैन, म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई ढुक्क हुन आग्रह गर्दछु’ श्रेष्ठले भने ।

समाचार शेयर गर्नुहोस्
576
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.