तेस्रोलिंगीको आँखामा मुक्का प्रहार गरेर प्रहरी जवान फरार

तेस्रोलिंगीको आँखामा मुक्का प्रहार गरेर प्रहरी जवान फरार

काठमाडौं (पहिचान) मंसिर ३ – महानगरिय प्रहरी बृत्त गौशालाले तेस्रोलिंगी कान्छी तामाङ दिलेको आँखामा मुक्का प्रहार गरेर फरार भएका प्रहरी जवान डम्वर रेउलेलाई कारवाही गर्ने वताएको छ । मंसिर १ गते बेलुका कोठामा जादै गर्दा दिलेलाई तथानाम भन्दै आँखामा मुक्का प्रहार गरेर फरार भएका प्रहरी जवान रेउलेलाई कारवही गरिने महानगरिय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक अरुण भण्डारीले प्रतिवद्धता जनाएका हुन् ।
प्रहरी बृत्त गौशालामा कार्यरत रेउलेले मादक पदार्थ सेवन गरेर तेस्रोलिंगी कान्छीको आँखामा मुक्का हानेर भागेको र भोलीपल्ट तेस्रोलिंगीहरुले रेउलेलाई पक्रेर प्रहरीमा बुझाएका थिए । तर प्रहरी बृत्त गौशालाले कान्छीलाई आँखाको उपचार गर्न ५ सय रुपैयाँ दिएर भोली आउनु भन्दै रेउलेलाई छाडेको थियो । रेउले तीन दिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय ललितपुरमा सरुवा भएका प्रहरीpolice जवान हुन् ।
सरुवा भएपनि ललितपुरमा हाजिर नभइ गौशालामै बस्दै आएका राउलेले बेलुकी साढे सात बजे कान्छीलाई कोठामा जादै गर्दा म प्रहरीको फुली लगाएको मान्छे हुँ, तलाई मार्दिन सक्छु बुझिस् खुट्टा सुट्टा भाच्दिन्छु भन्दै लखेटेर आँखामा हानेका हुन् पीडित कान्छीले भनिन्, म स्वतन्त्र पूर्वक अरुलाई असर नपर्ने गरी आफ्नो काम सकेर कोठामा जान पाउँदिन ?
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ सहितको टोलीले प्रहरी बृत्त गौशाला पुगेर आँखामा गम्भिर चोट पुर्याउने प्रहरी जवान रेउलेलाई कारवाही गर्न माग गरेको छ । गुरुङ नेतृत्वको टोलीको माग पछि प्रहरी निरीक्षक अरुण भण्डारीले रेउलेकी श्रीमतीलाई झिकाएर तत्काल तिलगंगा आँखा अस्पतालमा उपचार गर्न लगाए ।
तिलगंगा आँखा अस्पतालले आँखामा लागेको चोटको उपचार गर्न पुन आउन कान्छीलाई भनेको छ । कान्छीले प्रहरी वृत्त गौशालामा आफ्नो आँखामा गम्भिर चोट पुग्ने गरी कुटपिट गर्ने प्रहरी जवानलाई कारवाही गर्ने लिखित निवेदन दिएकी छन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्य माथि प्रहरीबाट पटक पटक कुटपिट, दुरव्यवहार भइरहेको यो एउटा उदाहरण मात्रै भएको वताइन ।
प्रहरी जवान रेउलेलाई प्रहरी बृत्त गौशालाले पटक पटक सुध्रिन आग्रह गरेको तर नसुध्रिएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा पठाएको वताएको छ । प्रहरी निरीक्षक अरुण भण्डारीले रेउलेलाई सुधार्न धेरै प्रयत्न भएको तर नसुध्रिएपछि श्रीमती र बच्चाको गास नखोसियोस भनेर सरुवा गरिएको वताए । उनले रेउलेलाई कानुन अनुसार कारवाही हुने वताए ।
समाजकी अध्यक्ष गुरुङले उपचार गरेर आँखाको घाउँ निको भएपनि प्रहरीबाट भएको यस्तो व्यवहारको कानुनी कारवाही हुनु पर्ने वताइन । उनले प्रहरी नेतृत्वले आफ्नो संगठनलाई मानवअधिकार मैत्री बनाउन नसक्नु दुखद भएको समेत वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.