“संविधानमा सुनिश्चित समलिंगी तेस्रोलिंगीका अधिकार कार्यान्वयन गर्न बाँकी”

“संविधानमा सुनिश्चित समलिंगी तेस्रोलिंगीका अधिकार कार्यान्वयन गर्न बाँकी”

561
SHARES

काठमाडौं (पहिचान) मंसिर ६ – नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले नेपालमा तेस्रोलिंगीका लागि धेरै अधिकार सुनिश्चित भएको बताएका छन् । उनले केही अधिकारले पूर्णता पाउन मात्र बाँकी रहेको बताए । पहिचानसँगको कुराकानीमा शर्माले संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित भएकाले त्यसलाई कानुनबाट कार्यान्वयन गर्न मात्र बाँकी रहेको बताए । ’नेपालमा समिलंगी तेस्रोलिंगीको मुद्धा १६ वर्षको अन्तरालमा सडक देखि सदनसम्म स्थापित भएको छ,’ शर्माले भने, ’संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेर मौलिक हकमै समानताको हक र सामाजिक न्याएको हक प्रदान गरिसकेको छ ।’ उनले लैंगिक पहिचानका आधारमा नागरिकता प्राप्त गर्ने विषय पनि धारा १२ ले सुनिश्चित गरेको भन्दै अब त्यसको भावना अनुरुप कानुनमा लेख्न र कार्यान्वयन गर्न मात्र बाँकी रहेको बताए ।
उनले संविधानको धारा १८ मा समिलंगी तेस्रोलिंगीलाई अरु नागरिक सरह समान बनाउन छुट्टै कानुन बनाउने संविधानको भावना अनुरुप महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले समलिंगी विवाह सम्बन्धि कानुन निर्माणका लागि मस्यौदा समिति गठन गरिसकेको भन्दै संविधानले तोकेको ३ वर्ष भित्र सबै कानुन समलिंगी तेस्रोलिंगी मैत्री हुने बताए ।
उनले केही विषय संबोधन हुन बाँकी रहेको भन्दै ति विषयबाट निरुत्साहित नभइ प्राप्त अधिकारको उत्साहपूर्वक उपभोग गर्न आह्वान गरे । नील हिरा समाजको दिवा प्रोजेक्टले समलिंगी तेस्रोलिंगीका अधिकारबारे वकालत गर्नुका साथै समुदायमा एचआइभी एड्स लगायतका सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्
561
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.