‘घरले समान व्यबहार गरे राज्यले पनि समान व्यबहार गर्छ’

‘घरले समान व्यबहार गरे राज्यले पनि समान व्यबहार गर्छ’

770
SHARES

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर ६ – फेसन डिजायन पढ्दै गरेकी पाटनकी रितु महर्जनले परिवारले स्वीकार गरे मात्रै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यले स्वीकार गर्ने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीले परिवारबाट नै विभेद सहनु परेको भन्दै उनले भनिन्, “परिवारले विभेद गरेकै आधारमा समाजले विभेद गर्छ, त्यसैले यो अवस्थाको अन्त्य हुनु पर्छ ।”
राज्यले पनि अहिलेसम्म समलिंगी तेस्रोलिंगीलाई अन्य पछि परेका नागरिकलाई जस्तै विशेष व्यवस्था नगरेको भन्दै महर्जनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि विशेष अधिकार दिनु पर्नेमा महर्जनको जोड छ ।
अज्ञानता र चेतनाको कमीका कारण समाजले समलिंगी तेस्रोलिंगीलाई फरक व्यबहार गर्ने गरेको भन्दै उनले समलिंगी तेस्रोलिंगीबारे समाजलाई जानकरी दिनु पर्ने बताइन् । महर्जनले स्कुल तथा कलेजमा समलिंगी तेस्रोलिंगीलाई विभिन्न उपनामले सम्बोधन गर्ने गरेको भन्दै त्यसो गर्न नहुनेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
770
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.