निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हामी तेस्रोलिंगीसँगै छौं : सञ्चारिका समूह

हामी तेस्रोलिंगीसँगै छौं : सञ्चारिका समूह

472
SHARES

बिपना पनेरु/कास्की (पहिचान) मंसिर ८ – सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफ्नो संस्था सहयोग गर्न तयार रहेको बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँग उनले भनिन्, “सकारात्मक कदमका लागि हामी जस्तो सुकै सहयोग गर्न पनि तयार छौं । हामी अधिकारका लागि समलिंगी तेस्रोलिंगी सँगै छौं ।”
सबै नागरिक समान रहेको भन्दै उनले संविधानले अधिकार सुरक्षित गरेको अवस्थामा समलिंगी तेस्रोलिंगीलाई कसैले पनि विभेद गर्न नपाउने बताइन् । कतिपय अवस्थामा नागरिकता लिन चिकित्सकको सर्टिफिकेट आवश्यक रहेको भन्ने प्रशासकहरुको जवाफ गलत भएको शर्माको भनाइ छ ।
संविधानले सुरक्षित गरेको अधिकार कसैले पनि खोस्न नसक्ने भन्दै उनले भनिन्, “संविधान र कानुन अनुसार सबै चल्नुपर्छ । कसैले कसैको अधिकार खोस्न मिल्दैन ।”
सञ्चारमाध्यमको काम समाजमा पछि परेको वर्ग तथा समुदायको अवाज उठाउनु रहेको भन्दै कतिपय अवस्थामा त्यतातर्फ ध्यान नपुको भए त्यसमा ध्यान दिनु पर्नेमा उनको जोड छ । सबै नागरिक राज्यको नजरमा समान हुने भन्दै पछि परेको वर्गलाई माथी उठाउनु राज्यको दायित्व भएको अध्यक्ष शर्माले बताइन् ।
सञ्चारिक समूह महिलाका लागि मात्र काम गर्ने संस्था भनेर बुझ्नु गतल भएको भन्दै महिला सञ्चारकर्मी संगठित भएर सबैका लागि काम गर्ने संस्था रहेको भन्दै उनले भनिन्, “हामी पुरुष तथा अन्य समुदायको सहयोग विना कम गर्न सक्दैनौं । त्यसैले महिलालाई प्राथमिकतामा राखिए पनि सबैको अधिकारमा काम गर्दै आएको छ ।”
उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि पनि सञ्चारिका समूह काम गर्न तयार रहेको भन्दै उनले भनिन्, “तपाइँहरुको लागि के सहयोग गर्नुपर्छ भन्नुस्, हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौं ।”

समाचार शेयर गर्नुहोस्
472
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.