तेस्रोलिंगी भएकै आधारमा आमाको काजकृया गर्नबाट बञ्चित

तेस्रोलिंगी भएकै आधारमा आमाको काजकृया गर्नबाट बञ्चित

इन्दिरा न्यौपाने/सिरहा (पहिचान) मंसिर १५ – तेस्रोलिंगी बिहार्नी दासलाई आमाको काजकृया गर्नबाट बञ्चित गराइएको छ । तेस्रोलिंगी भएकै कारण दासलाई घर, परिवार र छिमेकले आमाको काजकृया गर्नबाट बञ्चित गराएका हुन् ।

chandreshworनील हिरा समाजको शाखा कार्यालय जीवन ज्योती समाज सिरहाले पत्रकार सम्मेलन गरेर आमाको काजकृया गर्नबाट बञ्चित गराएर अमानविय व्यवहार गरेकोमा आपत्ती जनाएको छ । कार्यक्रम संयोजक लक्ष्मेश्वर यादवले सिराहा नगरपालिकामा बस्दै आएकी तेस्रोलिंगि दासलाई तेस्रोलिंगी भएकै आधारमा आमाको अन्तिम काजकृया गर्नबाट घर परिवार र छिमेकिले रोक लगाउनुको साथै अमानविय व्यवहार गरेकोमा आपत्ती जनाएका हुन् ।

बिहार्नी दास आमाको दाह संस्कार गर्न घर जादा घर परिवार र छिमेकिले सहयोग गर्नुको साटो उल्टै तिरस्कार गरि गाली बेइज्जत गरियो यादवले भने के छोराछोरी मात्र आमा बाबुको सन्तान हुन् ? के तेस्रोलिंगी सन्तान प्रति आमा बाबुको र आमा बाबुप्रति तेस्रोलिंगीको कुनै उत्तरदायित्व नै छैन ?

पत्रकारहरुसँग कुरा गर्दै यादवले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई राज्यले अझै कानुनी अधिकार नदिएको भन्दै यस्ता समस्या समाधान गर्न पहल गरिदिन सबैसँग आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै पत्रकारहरुले कुनै पनि मुद्दालाई सानो ठुलो, जातिय, लैगिंक विभेद नगरी निष्पक्ष कलम चलाईरहेको बताए । बिहार्नी दासमाथि गरिएको पारिवारिक र सामाजिक विभेद अन्त्यका लागि मिडियाले सक्दो प्रयास गर्ने सहभागी पत्रकारहरुले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.