निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सीप र रोजगारी दिन तेस्रोलिंगीको माग

सीप र रोजगारी दिन तेस्रोलिंगीको माग

652
SHARES

झापा (पहिचान) मंसिर २५ -घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैंगिक अल्पसंख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् ।
झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यकप्रति समाजमा रहेको भ्रम हटाउने सम्बन्धमा सरोकारवाला निकायबीच एक दिने अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यो धारणा राखेका हुन् ।
लिंगको अस्पष्टताले गर्दा जीवनमा धेरै कठिनाइ व्यहोरिरहेको र यसैका कारण घर, समाजबाट बाहिर आएर आफ्ना संगठन खोज्दै दिन बिताइरहेकोमा चिन्ता व्यक्त गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले रोजगारको सुनिश्चिता राज्यले गरी दिनुपर्ने माग गरे ।
तेस्रोलिंगी प्रेम थापाले आफू पुरुष भएर जन्म लिएको तर पछि लिङ्गमा आएको परिवर्तनले आफ्नो जीवनमा नै परिवर्तन ल्याइदिएकाले अहिले आफूलाई महिला भन्न रुचाउने वताए । आफ्नो आवाज महिलाको जस्तो छ, धेरै कुरा महिलासँग मिल्दोजुल्दो भएकाले महिला भएर नै बसिरहेको अवस्थामा आयआर्जनका निम्ति हामीलाई राज्यले भरपर्दो तालिमको व्यवस्था गर्नुपर्ने कुरामा थापाको जोड छ । यस्तै, तेह्रथुम घर भएका कमला गुरागाईंले जुङ्गा र दाह्री आएको बताउँदै आफूसँग दुवै लिङ्ग भएकाले समाज र घरबाट एकलिएको वताइन ।
अर्की कमला विमला श्रेष्ठले आफू गरिब भएको घरमा अन्य सदस्यको विवाह भइसक्दा आफ्नो बारेमा चर्चा हुन लाग्दा मात्र समाजका मानिसले तेस्रोलिंगी भएको थाहा पाएकाले बिना आयको एक्लो जीवन बिताउन गाह्रो भएकाले सरकारले आयमूलक तालिम दिएर स्थापित गराउनु पर्ने कुरामा जोड दिइन ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले वर्तमान संविधानले सबै किसिमको विभेद अन्त्य गरेकाले सबैको हक अधिकार सुरक्षित रहेको वताए ।
रासस

समाचार शेयर गर्नुहोस्
652
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.