तेस्रोलिंगी समुदायको अधिकारबारे कुनै पनि निकायले आवाज नउठाएको गुनासो

तेस्रोलिंगी समुदायको अधिकारबारे कुनै पनि निकायले आवाज नउठाएको गुनासो

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर २६ – आज कसैको मानवअधिकारका लागि उभिऔं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघ महासभाले मानवअधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइदै आएको छ । intersexदिवसका अवसरमा देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले सहभागिता जनाएका छन् । उनीहरुले समलिंगी तेस्रोलिंगी भएकै कारण हुँदै आएको विभेद, दुरव्यवहार र हिंसा अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्यरत अधिकारकर्र्मीले सबै नागरिकले मानवअधिकारको पूर्ण उपयोग गर्न पाउने स्थिती निर्माणका लागि सबै संवेदनशील हुनुपर्ने र संविधानको कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिएका छन् ।
नील हिरा समाजले देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा सहभागिता जनाएर समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद, दुरव्यवहार र हिंसा अन्त्य हुनुपर्नेमा जोड दिएका हुन । दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मानव अधिकारबाट वञ्चित हुन नहुने वताए ।
प्रधानमन्त्री प्रचण्डले अल्पसंख्यक पिछडिएको वा पछाडि पारिएका तथा बिभिन्न कारणबाट बन्चितकरणमा परेका र सिमान्तकृत समुदायका लागि संबैधानिक व्यवस्था गरिएको वताए । आर्थिक समानता सम्बृद्धि र सामाजिक न्याय मार्फत अबसरमा पहुच तथा बिकासमा टेवा पुर्याउने उदेश्यले मानब अधिकार आयोगका अतिरिक्त आदिवासि जनजाती आयोग, मधेkailaliशी आयोग, थारु आयोग, मुस्लिम आयोग जस्ता बिभिन्न आयोगहरुको व्यबस्था संविधानमै गरिएको उनको भनाई छ । आयोगका अध्यक्ष अनुपराज शर्माले कोही पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुने वताए । यस्तै समाजका देशका विभिन्न ठाउँमा रहेका कार्यालयहरुले पनि दिवसका अवसरमा भएका कार्यक्रममा सहभागिता जनाएर समलिंगी तेस्रोलिंगीको अधिकार सुनिश्चित गर्न, संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न, आफूहरु माथि हुँदै आएको हिंसा, दुरव्यवहार र विभेद अन्त्य गर्न माग गरेका छन् ।
धनगढीमा भएको ¥यालीमा नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजका कर्मचरीहरुले समलिंगी तेस्रोलिंगी माथि हुने दुरव्यवहार र घरपरिवारबाट निकाल्ने जस्ता क्रियाकलापहरु भएको भन्दै मानव अधिकारको रक्षा गर्दै आफ्नो समूदायलार्ई घृणा होईन सम्मान गर्नु पर्ने वताएको पहिचान सहकर्मी राज चौधरीले जनाएका छन् ।
पहिचान सहकर्मी विनोद विसीका अनुसार रुपन्देही जिल्लाको भैरहवामा भएको ६८ औ मानब अधिकार दिवस कार्यक्रममा जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डि.एस.पी वेल बहादुर पाण्डेले प्रहरीले कुनै पनि किसिमको लैंगिक हिंसा नगर्ने वताए । नयाँ शक्ति नेपाल पार्टीकी रुपन्देही जिल्ला सदस्य आनिक रानाले जुन सुकैaanik सरकारी तथा गैरसरकारी संघ संस्थाले हिंसा बिरुद्ध अनि मानब अधिकारका विषयमा काम गरे पनि यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय तथा समलिंगी तेस्रोलिंगी समुदायका अधिकार अनि हिंसा बिरुद्ध आवाज नउठाएको गुनासो गरिन ।

एक थुकी सुकि सयौ थुकि नदि भन्ने उखान जोड्दै रानाले जति पनि अधिकारको अनि हिंसा बिरुद्धको आवाज उठाए पनि समलिंगी तेस्रोलिंगी समुदायको अधिकारको कुनै पनि निकायले आवाज नउठाउनले तमाम तेस्रोलिंगी समुदाय टुकि मुनिको अध्यारोमा गुजरिनु परेको बताईन् । रानाले प्लेकार्डमा कतै दाईजो प्रथाको अन्त्य गर, कतै महिला हिंसा अन्त्य गर त कतै चेलिबेटि बेचबिखन अन्त्य गर भन्ने लेखिएको थियो तर तेस्रोलिंगी हिंसा अन्त्य गर भन्ने शब्द न त कुनै प्लेकार्डमा थियो न त कुनै अधिकारकर्मीको आवाजमा तसर्थ जब सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने हिंसा अन्त्य हुदैन तब सम्म देशमा कुनै किसिमको हिंसा नरोकिने बताईन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.