काजोल चौधरी/बर्दिया (पहिचान) मंसिर २७ – गैर सरकारी महासंघ बर्दियाको कोषाध्यक्षमा तेस्रोलिंगी सपना चौधरी निर्वाचित भएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन भएको गैरसरकारी संस्था महासंघको चुनावबाट चौधरी कोषाध्यक्षमा निर्वाचित भएकी हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकको संस्था सुन्दर संसारको अध्यक्षको हैसियतमा चौधरी महासंघ जिल्ला कार्यसमिति बर्दियामा निर्वाचित भएकी हुन् । उनी निर्वाचित भएसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकले आफ्नो समुदायलाई सामाजिक सम्मानका रुपमा लिएका छन् । वर्दियाको जिल्ला स्तरीय मतदाता अधिकार मञ्चको पुन गठन भएको समितिमा पनि सपना उपाध्यक्ष भएकी थिइन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.