तेस्रोलिंगी दिपेश पहिचान अनुसारको नागरिकता माग्दै गृहमन्त्रालयमा

तेस्रोलिंगी दिपेश पहिचान अनुसारको नागरिकता माग्दै गृहमन्त्रालयमा

632
SHARES

काठमाडौं (पहिचान) मंसिर २७ -मकवानपुरका प्रमूख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले पहिचान अनुसारको नागरिकता नदिएर झुलाएपछि मकवानपुरका तेस्रोलिंगी गृहमन्त्रालय पुगेका छन् । पहिले लिंगीको महलमा पुरुष उल्लेख भएको नागरिकता लिएका दिपेश मानन्धर अन्य उल्लेख भएको नागरिकताको माग गर्दै गृहमन्त्रालय पुगेका हुन् ।

homeमकवानपुरका प्रमूख जिल्ला अधिकारी दुवाडीले नागरिकताको प्रतिलिपि दिदाँ अन्य उल्लेख गरेर दिने कानुन नभएको भन्दै दिन मिल्ने नमिल्ने पत्र गृहमन्त्रालयमा पठाएका थिए । सुरुमा वडा कार्यालयको सिफारिस ल्याउन भनियो, त्यो दिएपछि नगरपालिकाको ल्याउन भनियो, त्यसपछि त नागरिकता पाइएला भनेको ल यस बिषयमा गृहमन्त्रालयसँग सोध्नु पर्छ भनेर सिडियोले मलाई झुलाइरहनु भएको छ गृहमन्त्रालयको नागरिकता फाँटका शाखा अधिकृत हिरामणी सुवेदीलाई भेटेर दिपेशले भने, के मैले पहिचान अनुसारको नागरिकता नपाउने नै हो ?

सुवेदीले नयाँ लिन चाहनेका लागि सहजै दिन सकिने व्यवस्था भएपनि प्रतिलिपि दिदाँ सच्याएर दिने कानुनी व्यवस्था नभएको वताए । नागरिकता दिने अधिकार प्रमूख जिल्ला अधिकारीसँगै रहेको छ, अरु जिल्ला प्रशासनले अन्य उल्लेख गरेर प्रतिलिपि दिएका पनि रहेछन् सुवेदीले भने, हामीलाई पत्र आएपछि टिप्पणी उठाएर सहसचिव यादव कोइरालाकोमा पठाएका छौ, छिट्टै निर्णय हुन्छ । सुवेदीले अन्य उल्लेख भएको नागरिकता नपाउने कुनै कारण नरहेको वताउँदै कानुनी व्यवस्था गर्दा केही ढिलो हुन गएको वताए ।

गृहमन्त्रालयले २०६९ साल पुष १६ गते परिपत्र जारी गरेर यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिने व्यवस्था गरिसकेको छ । गृहको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं सहित धेरै जिल्लाले प्रतिलिपि लिन चाहने समूदायका व्यक्तिलाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तेस्रोलिंगी अजिता भुजेललाई अन्य उल्लेख भएको नागरिकता दिइसकेको छ ।

समाचार शेयर गर्नुहोस्
632
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.