निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगीलाई सरकारी सेवामा आरक्षण दिनुपर्ने

समलिंगीलाई सरकारी सेवामा आरक्षण दिनुपर्ने

812
SHARES

काठमाडौं (पहिचान) मंसिर २९ – राजनीतिक विश्लेषक उत्तमराज थापाले समलिंगी तेस्रोलिंगीलाई सबै सरकारी सेवामा आरक्षण दिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा विश्लेषक थापाले समलिंगी तेस्रोलिंगीलाई सरकारी सेवामा आरक्षण दिने र शिक्षामा पनि आरक्षण कोटा तोक्ने हो भने समाजमा घुलमिलका लागि समस्या नैं नरहने बताए ।
‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निजामति स्वास्थ्य कानुन तथा सुरक्षा निकायमा योग्यता अनुसार सहभागिताका लागि आरक्षण कोटा तोकिनुपर्छ र उनीहरुको सबलीकरण गर्नुपर्छ,’ थापाले भने, ‘त्यसरी उनीहरु सबै क्षेत्रमा सहभागि भएर आफ्नो योग्यता देखाए भने समाजले पनि सम्मानपूर्वक हेर्न थाल्छ ।’ उनले त्यसका लागि समुदायले पनि आफ्ना तर्फबाट दवाव बढाउनुपर्ने र सरोकारवालाहरुले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताए।
‘हाम्रो समाजमा आजको आजै पुरुष र पुरुषकाबीचमा वा महिला र महिलाकैबीचमा पारिवारिक स्वीकृतिमा बिवाह संभव देखिदैन,’ थापाले भने, ‘पहिला आरक्षणमार्फत सबै सेवामा समलिंगी तेस्रोलिंगी समावेस भए भने, ‘विवाह पनि सामान्य रुपमा स्वीकार हुन सक्छ ।’ उनले समलिंगी तेस्रोलिंगीले १६ वर्ष भित्र धेरै महत्वपूर्ण उपलब्धि हाँसिल भएको भन्दै त्यसको रक्षा गर्दै थप अधिकारका लागि लाग्नुपर्ने बताए ।
थापाले स्टेपबाइ स्टेप पाएको अधिकार सुनिश्चित हुँदै जाने भन्दै एकैपटक सबै अधिकार खोज्नुभन्दा पाएका अधिकारको उपयोग गर्दै जानुपर्ने बताए । ‘कुनैपनि परिवर्तन ग्रयाजुअल्ली भयो भने त्यसको टिकाउको ग्यारेन्टी हुन्छ, हैन भने त्यो दुर्घटनामा पर्न पनि सक्छ’ थापाले भने ।

समाचार शेयर गर्नुहोस्
812
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.