निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

देशमा रहेका कोहिपनि छुट्न हुँदैन तेस्रोलिंगी त झन हुँदैन : मुक्ति प्रधान (भिडियो सहित)

देशमा रहेका कोहिपनि छुट्न हुँदैन तेस्रोलिंगी त झन हुँदैन : मुक्ति प्रधान (भिडियो सहित)

975
SHARES

काठमाडौं (पहिचान) पुष २ – नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय कार्याकारिणी परिषदका सदस्य तथा कानुन न्याय तथा मानवअधिकार विभागका संयोजक मुक्ति प्रधानले तेस्रोलिंगीलाई सबैतहमा आरक्षित गरिनु पर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा प्रधानले राज्यका सबै निकायमा देशमा भएका सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए ।
‘संविधानले संबोधन गरेका मात्र हैन देश भित्र रहेका सबै समुदायलाई राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ,’ प्रधानले भने, ‘समानुपातिक प्रतिनिधित्व र आरक्षण देखाउनका लागि मात्र हुन हुँदैन ।’ पूर्वमहान्यायाधिवक्ता समेत रहेका प्रधानले अहिले भएको आरक्षण र समानुपातिक प्रतिनिधित्व देखाउनका लागि मात्र भएको भन्दै त्यसले समानुपातिक प्रतिनिधित्व र आरक्षण दुबैलाई गिज्याएको बताए ।
प्रधानले आरक्षणका नाममा व्यक्तिको खल्तिबाट नाम झिकेर गराउने प्रतिनिधित्वमा सुधार गराउनु पर्ने तथा समानुपातिक प्रतिनिधित्व राज्यका सबै निकायमा सुनिश्चित गर्नुपर्ने बताए । ‘अहिले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व तोकिएको छ, खोइ त मन्त्रिपरिषदमा प्रतिनिधित्व भएका ?,’ प्रधानले भने, ‘राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व भनेको कहि दिने कहि नदिने गरेर नहुने बताए ।
उनले नयाँ शक्ति पार्टीले तेस्रोलिंगीलाई अन्तरिम परिषद देखि नै राखेको र उनीहरुको क्रियाशीलता पनि पर्याप्त भइरहेको बताए । उनले् विधानमा प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा भने प्रष्टसँग भन्न चाहेनन् । अब नयाँ शक्तिले पार्टीका निकायहरुमा तेस्रोलिंगीको प्रतिनिधित्व बैधानिकरुपमै सुनिश्चित गर्छ भन्नेप्रश्नमा उनले अहिले नै प्रतिनिधित्व गराएको जवाफ दिए ।
‘हामीले त अहिले नै यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गराइसकेका छौं,’ प्रधानले भने, ‘अब एक प्रतिशत वा त्यो भन्दा बढि जनसंख्या भएको समुदायलाई हामी प्रतिनिधित्व सुनिश्चित गछौं ।’
नेपालको जनगणनामा समलिंगी तेस्रोलिंगीहरु एकदमैकम संख्यामा देखिएका छन् । तर विश्व स्वास्थ्य संगठनले सन १९९०मा पारित गरेको प्रस्ताव अनुसार कुनै पनि देशको जनसंख्याको १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकसमुदाय हुन्छन । नयाँ शक्तिले राष्ट्रिय वा अन्तराष्ट्रिय कुन मान्यतालाई कार्यान्वयन गर्छ भन्ने प्रश्नमा प्रधानले भने, ‘हामीले यहीको तथ्यांकलाई नै आधार मन्ने हो ।’

समाचार शेयर गर्नुहोस्
975
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.