तेस्रोलिंगीद्वारा रक्तदान

तेस्रोलिंगीद्वारा रक्तदान

राज चौधरी/कैलाली (पहिचान) पुष ३ – रेडक्रस सोसाइटी धनगढीले आयोजन गरेको रक्तदान कार्यक्रममा तेस्रोलिंगी निरङ्ग चौधरीले पनि रक्तदान गरेकी छन् । रक्तदान कार्यक्रममा निरङले रक्तदान जीवनदान भन्दै रक्तदान गरेकी हुन ।

niran-chaudhariसमलिंगी तेस्रोलिंगीले पनि समाजमा रहेका महिला पुरुष जस्तै मानविय व्यवहार र मानविय सहयोग गर्न सक्ने चौधरीले बताइन् । रक्तदान कार्यक्रममा चौधरीले समलिंगी तेस्रोलिंगी माथि हुदैं आएका भेदभाव, लाञ्छना र लैंगिक हिंसा अन्त्य गर्नको लागि सवैको सहयोग आवश्यक रहेको वताइन् ।

चौधरीले समाजमा समलिंगी तेस्रोलिंगीको वारेमा अझै पनि चेतनाको कमी रहेको भन्दै यो समुदायको वारेमा शिक्षा दिनका लागि सवै समुदायका व्यक्तिको सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.