‘राजनीतिक अग्राधिकार नपाएसम्म तेस्रोलिंगी अगाडि बढ्न सक्तैनन्’

‘राजनीतिक अग्राधिकार नपाएसम्म तेस्रोलिंगी अगाडि बढ्न सक्तैनन्’

707
SHARES

नवलपरासी (पहिचान) पुष ६ – विभिन्न राजनीतिक दलका नेताले समलिंगी तेस्रोलिंगीलाई सरकारले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । नील हिरा समाजले नवलपरासीमा आयोजना गरेको अन्तरक्रियामा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालका नेताले राज्यका सबै निकायले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य नागरिक सरह राज्यले समान व्यवाहार गर्नुपर्नेमा जोड दिएका हुन् ।
नयाँ शक्ति नेपालका नेता चिनक कुर्मीले विदेशीको सहयोगले मात्रै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्रात्तिको अभियान सफल नहुने भन्दै राज्यको सहयोगको आवश्यकता औल्याएका हुन् ।
“राजनीतिक अग्राधिकार नपाएसम्म समलिंगी तेस्रोलिंगी अगाडि बढ्न सक्दैैनन्,” नयाँ शक्ति नेपालका नेता कुर्मीले भने, “यो समुदायको आर्थिक तथा समाजिक समानताका लागि पनि राजनीतिक अग्राधिकार नै चाहिन्छ ।”
उनले आफ्नो पार्टीले केन्द्रमा समेत समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व गराएको भन्दै अन्य राजनीतिक दलले पनि राजनीतिक स्थान दिनु पर्ने विचार व्यक्त गरे ।
कांग्रेस नेता शिवशंकर यादवले समलिंगी तेस्रोलिंगी दातृ निकायको भरमा पर्नु भन्दा पनि सरकारबाट आर्थिक सहयोग लिएर अगाडि बढ्नु पर्ने बताए । “विदेशबाट आएको सहयोग सँधैका लागि हुँदैन,” यादवले भने, “सरकारसँगै सहयोग लिनु पर्छ, यो प्रक्रियामा अगाडि बढ्नुस्, यसका लागि मैले सकेको सहयोग गर्न म तयार छु ।”
राजनीतिक अग्राधिकारका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक आफै अग्रसर हुनु पर्नेमा नेता यादवको जोड छ । उनले आफैले पहल नगरेसम्म केही पनि नहुने भन्दै भने, “आफ्ना लागि आफैले गर्ने हो । तपाइँहरु आफै पहल गर्नुस् हामी सहयोग गर्न तयार छौं ।”
नेता यादवले आफूले जस्तो काम गर्यो प्रतिफल त्यस्तै आउने भन्दै राम्रो काम गरेर सकारात्मक सहयोगको अपेक्षा गर्न पनि समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।

समाचार शेयर गर्नुहोस्
707
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.