संघियता: पिशावको सिमाङ्कन नवनोस् !

संघियता: पिशावको सिमाङ्कन नवनोस् !

सुनिलबाबु पन्त/पहिचान – जिनेटिक संरचना हेर्ने हो भने मानिस र चिम्पान्जिमा ९६% समानता छ, मानिस र बिरालोमा ९०% छ भने, मानिस र मुसामा ८५% समानता छ, मानिस र गाईमा ८०% छ भने मानिस र अर्को मानिसमा ९९.९% समानता छ भनेर बैज्ञानिकहरु बताउंछन्।

जनावर र मानिसमा रहेको अर्को अहम भिन्नता भनेको मानिसमा रहेको दिमागको अग्रभाग (फ्रन्टल कोरटेक्स्ट) जनावरको दिमागको अग्रभागको तुलनामा निकै ठूलो हुन्छ। दिमागको अग्रभाग (फ्रन्टल कोरटेक्स्ट)ले नै मानिसको व्यक्तित्व निर्माण गर्ने र मानिसलाई कल्पनासिल वनाउंछ। त्यसैले त मानिस नयांनयां उपायहरुको कल्पना गर्दै विकासको क्रममा हमेसा अगाडि वढिरहन सक्षम छ र अन्य प्राणि भन्दा श्रेष्ठ मानिन्छ।

जनावरहरु आफ्नो जीवन रक्षाकालागि खास-खास भूगोलमा आफ्नो सिमा-क्षेत्र (टेरिटोरि) निर्धारंण गर्छन्, त्यस सिमा-क्षेत्रको पिशाव गरेर सिमाङ्कन गर्छन् र हिंस्रक तरिकाले त्यसको रक्षा (डिफेण्ड) पनि गर्छन्। मानव-विकास क्रममा मानिसहरुले भौगोलिक खास-खास सिमा-क्षेत्र (टेरिटोरि) भित्रको सामुहिक बसोवास-जीवन-शैलि छाडेर जमिनलाई सम्पत्ति (प्रोपर्टि)को रुपमा जोड्ने, गुफा छाडेर घर वनाएर वस्ने, सिकार छाडेर कृषि पेशा अपनाउन थालेको पनि हज्जारौं वर्ष भैसकेको छ।

अव त कृषि यूगको तिब्र गतिमा बिस्थापित हुदै औधोगिक यूगको विकासलाई पनि पछि पार्दै डिजिटल यूगमा मानव सभ्यता प्रवेश गरीसकेको अवस्था छ। इन्टरनेट, मोवाइलफोन जस्ता प्रविधिले राष्ट्र-राष्ट्र विचको सिमा पनि तोडिदै छन्, मानव-मानव विचको सम्वन्ध संकिर्ण सामुदायिकता, भौगोलिकता वा राष्ट्रियताको सिमालाई भत्काउंदै ग्लोवल भिलेज (विश्व नै एउटा समग्र गांउ) बनिसकेको छ।

तर नेपालमा संघियताको वहस जसरि अगाडि बडेको छ मानौं केहि समुदायका-नाइकेहरु (जनावरले जस्तै) पिशाव गरेरै भए पनि “आफ्नो सिमा-क्षेत्र (टेरिटोरि)” सिमाङ्कन गर्ने र हिंसक रुपमै भए पनि त्यस सिमा-क्षेत्रको “रक्षा (डिफेण्ड)” गर्न उद्दत देखिएका छन्, यो मानव विकासको सहि दिशा हो जस्तो लाग्दैन। संघियताको बहस जनताको सुविधालाई केन्द्रमा राखेर हुनु पर्ने हो, ना कि केहि खास नेताहरुको ‘टेरिटोरि’ स्थापनाका लागि।

लेखक : सुनिलबाबु पन्त पहिलो संविधान सभाका सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार प्राप्तिका अभियन्ता हुन् । 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading