तेस्रोलिंगी जुली चेपाङ माथि दुरव्यवहार, तेस्रोलिंगीको छुट्टै लाइन नहुँदा समस्या

तेस्रोलिंगी जुली चेपाङ माथि दुरव्यवहार, तेस्रोलिंगीको छुट्टै लाइन नहुँदा समस्या

796
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) पुष ८ – तेस्रोलिंगी जुली चेपाङ्गले आफू माथि दुरव्यवहार भएको वताएकी छन् । नील हिरा समाज शाखा कार्यालय मकवानपुरमा कार्यालय सहायकको रुपमा कार्य गर्दै आएकी जुलीले आफू कार्यालयको कर तिर्न जादा ६ गते दिउसो नेपाल वाणिज्य बैंकको हाताभित्र दुरव्यवहारमा परेको वताएकी हुन् ।

juliउनले भनिन् ‘कर तिर्न भनि लाइनमा बसेको थिए । मेरो पछाडी बस्ने अधवैंशे पुरुषले असहज किसिमले ठेल्यो । लाइनमा बस्ने सबैले हेरिरहेका थिए । तीन चोटिसम्म आफै सरे र नठेल्न भनें । तर उसले फेरी त्यहि प्रवृत्ति गरिरहेपछि पछाडी फर्केर हप्काउनै पर्यो । त्यसपछि अर्का एक पुरुषले त्यहिका कर्मचारीलाई उहाको काम पहिला गरिदिनुस् भनेपछि मेरो काम भयो ।’barsa

विभिन्न बैंकहरुले फारममा समेत ‘अन्य’ लाइ समावेश गरिसकेको अवस्थामा नेपाल वाणिज्य बैंक जस्तो सरकारी कार्यालायमा तेस्रोलिंगीको छुट्टै लाइन समेत नहुदा आफु दुरव्यवहारको शिकार हुनुपरेको उनको गुनासो छ ।

त्यस्तै अर्का तेस्रोलिंगी वर्षा मगरले पनि आफु एक्लै बाटोमा हिडिरहदा हिजडा र छक्का जस्ता उपनाम प्रयोग गर्ने गरेको बताइन । संवैधानिक अधिकार सुनिश्चित भैसक्दा पनि विभेद न्युन नभएकाले त्यसका लागि अब सरकारी निकायबाटै विभेद अन्त्यका लागि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मानव अधिकारकर्मी सुमित पौडेलले बताए ।

समाचार शेयर गर्नुहोस्
796
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.