निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै

यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै

412
SHARES

काठमाडौं (पहिचान) पुष १३ – पछिल्लो समय समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको छ । केही वर्षसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने बित्तिकै नराकारात्मक रुपमा लिने समाजले विस्तारै समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकात्मक बनाउँदै गएको छ ।
नील हिरा समाजको डेढ दशक लामो अधिकार प्राप्तीको अभियान र सञ्चार माध्यमका कारण समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउँदै गएको हो ।
अधिकार प्राप्तीका लागि विभिन्न दातृ निकायको सहयोगमा नील हिरा समाजले रेडियो कार्यक्रम ‘पहिचान’ सञ्चालन गर्दै आएको छ ।
ललितपुरको पुल्चोकमा रश्मी शाक्य समलिंगी तेस्रोलिंगीलाई सकारात्मक रुपमा लिन्छिन् । फरक पहिचान र व्यवहार कै कारण विभेद गर्न नहुने उनको भनाइ छ ।
“हरेक व्यक्तिको कमजोरी हुन्छ, उनीहरुसँग पनि केही कमजोरी होला,” रश्मी ब्युटिपार्लर सञ्चालन गर्दै आएकी उनी भन्छिन्, “मेरोमा उहाँहरु आउनु हुन्छ म अरुलाई जस्तै मेकअप गरेर पठाइदिन्छु । मलाइ फरक नजरले हेर्नुपर्छ जस्तो लाग्दैन ।”
समाजले विभेद गरकै कारण उनीहरुमा आत्मविश्वास कम भएको भन्दै शाक्यले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि अन्य सिमान्तकृत तथा अल्पसंख्यकलाई जस्तै राज्यले अधिकार प्रत्यायोजन गर्नु पर्नेमा जोड दिइन् ।
पछि परेको जाती, भाषा वा अल्पसंख्यकलाई अरु सरह समान रुपमा अगाडि बढाउनु राज्यको दायित्व भएको भन्दै शाक्यले अधिकारका लागि संगठित भएर अगाडि बढ्न पनि समलिंगी तेस्रोलिंगीलाई आग्रह गरिन् ।
मानव सबै समान हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीलाई उनीहरुको फरक यौनिकताकै कारण विभेद नगर्न पनि सबैसँग आग्रह गरिन् ।

समाचार शेयर गर्नुहोस्
412
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.