तेस्रोलिंगी श्यामलाई नागरिकता लिन समस्या

तेस्रोलिंगी श्यामलाई नागरिकता लिन समस्या

राज चौधरी/कैलाली (पहिचान) पुष १४ – आमा बुबा नहुँदा तेस्रोलिंगी श्याम गुरुङलाई नागरिकता लिन समस्या परेको छ । उमेरले ४५ बर्ष पुगेका गुरुङले पहिचानसँगको कुराकानीमा आमा बुवा, आफन्त समेत नहुँदा नागरिकता लिन समस्या रहेको र त्यसैमा तेस्रोलिंगी भएका नागरिक भएर जीउन समेत कठिन भएको दुखेसो पोखे ।
गुरुङको जन्म प्युठनमा भएको हो । उनी आमा बुबाका एक्ला सन्तान हुन् । उनका बुबा सवारी चालउदा चलाउदै वित्नु भएको हो । उनी सानै हुदाँ आमा बुवा वित्नु भएकाले उनलाई नेपालगंजको धमबोजी १ मा बसेका काकाले पालन पोसन गरेका हुन् ।
सन् २००७ मा सुदुरपश्चिम समाजको स्थापना भए पछि गुरुङले धनगढीमा कार्यालाय सहयोगीको रुपमा काम गरिरहेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.