तेस्रोलिंगी मोनिका राप्रपाको कैलाली जिल्ला समितिमा मनोनित

तेस्रोलिंगी मोनिका राप्रपाको कैलाली जिल्ला समितिमा मनोनित

कैलाली (पहिचान) पुष १४ – राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रोलिंगी मोनिका शाहीलाई जिल्ला कार्य समिति कैलालीमा मनोनित गरेको छ । राप्रपा जिल्ला समिति कैलालीले जिल्ला कार्य समितिमा तेस्रोलिंगी शाहीलाई मनोनित गरेको हो ।

rppजिल्ला कार्य समितिमा मनोनित तेस्रोलिंगी शाहीले जिल्लाको कार्य समिति सदस्यमा मनोनित हुन पाउँदा खुशी लागेको वताइन । उनले यो आफ्नो लागि मात्रै नभएर सम्पूर्ण समलिंगी तेस्रोलिंगीलाई सम्मान गरेको महसुस भएको वताइन । उनले पार्टीले दिएको जिम्मेवारीको सम्मान गर्दै देश र जनताको लागि काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् ।

मोनिका नेपालमा अन्य उल्लेख भएको राहदानी अर्थात पासपोर्ट लिने पहिलो तेस्रोलिंगी व्यक्ति हुन् । उनी अहिले कैलालीमा रहेको यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारको क्षेत्रमा काम गर्छिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.