नील हिरा समाजलाई शुक्लाफाँटा एफ एमको सम्मान

नील हिरा समाजलाई शुक्लाफाँटा एफ एमको सम्मान

कञ्चनपुर (पहिचान) पुष २० – शुक्लाफाँटा एफ एमले आफ्नो स्थापना दिवसको अवसरमा नील हिरा समाजलाई सम्मान गरेको छ । तेस्रोलिंगीलाई समाजमा स्थापित गरी सम्मानित जीवन यापनमा सहयोग पुर्याएकोमा एफ एमले समाजलाई सम्मान गरेको हो ।

bds-fmसामुदायिक रेडियो शुक्लाफाँट एफ एमले आफ्नो बार्षिक उत्सवका अवसरमा समाजलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मान पत्रमा लेखिएको छ , तेस्रोलिंगीको हक अधिकारको क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाजले सामाजिक रुपान्तरणको क्षेत्रमा गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै नील हिरा समाजलाई शुक्लाफाँटा एफ एम ९९ दशमलव ४ को दशौ बार्षिक उत्सवको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ ।bds-lgbti

एफ एमले दिएको सम्मान पत्र नील हिरा समाजको शाखा कार्यालय सहयात्र नेपाल कञ्चनपुरका संयोजक चाल्स बोन सिजापतिले लिएका थिए । यो सम्मानले समलिंगी तेस्रोलिंगीलाई काम गर्न र समाजमा आफ्नो पहिचानको बारेमा खुलेर आउन हौसला बढेको सिजापतिले वताए ।

नील हिरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा सन् २००१ देखि क्रियाशिल संस्था हो । समाजको उत्पादनमा  हाल देशका विभिन्न ७ वटा एफ एम रेडियोबाट दैनिक एक घण्टा रेडियो कार्यक्रम पहिचान प्रसारण हुदै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.