राष्ट्रियता बलियो हुन समलिंगी तेस्रोलिंगीले पनि सुरक्षित महसुस गर्नुपर्छ : डा. सुरेन्द्र झा

राष्ट्रियता बलियो हुन समलिंगी तेस्रोलिंगीले पनि सुरक्षित महसुस गर्नुपर्छ : डा. सुरेन्द्र झा

907
SHARES

काठमाडौं (पहिचान) पुष २३ – तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र झाले समलिंगी तेस्रोलिंगीलाई खुल्ला राजनीतिमा आउन आह्वान गरेका छन् । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य डाक्टर झाले तराई मधेशमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफ्नो पार्टी तमलोपामा सहभागि हुन आह्वान समेत गरे ।
‘हिजो संविधानले संबोधन नगर्दा धेरै प्रकारका विभेद थिए होलान अब संविधान अनुसार कानुन बनाएर समलिंगी तेस्रोलिंगीका अधिकार संबोधन गरिनुपर्छ,’ झाले भने, ‘जहाँसम्म राजनीतिक अधिकारको कुरा छ, उहाँहरुले आफै सक्रिय भएर राजनीतिमा सहभागिता जनाउनुपर्छ । उनले समलिंगी तेस्रोलिंगीले पहिला राजनीतिक भूमिकाका लागि तयार पारेर त्यस अनुरुपको उपस्थिति देखाउन आवस्यक भएको बताए ।
‘तराई मधेसमा रहेका समलिंगी तेस्रोलिंगीलाई म हाम्रो पार्टी तमलोपामा आवद्ध हुन आह्वान गर्दछु’ डा. झाले भने ।
उनले विगतमा पनि तमलोपाले समलिंगी तेस्रोलिंगीको आन्दोलनमा सहयोग गरिसकेको भन्दै अब पनि गर्न तयार रहेको बताए । ‘हरेक नागरिकले सुरक्षित महसुस गरेमात्र राष्ट्रियता बलियो हुन्छ त्यसका लागि समलिंगी तेस्रोलिंगी सहित सबै नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने ।

समाचार शेयर गर्नुहोस्
907
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.