गाउँ गाउँमा यौनिक पहिचानबारे जानकारी नहुँदा अन्यौल

गाउँ गाउँमा यौनिक पहिचानबारे जानकारी नहुँदा अन्यौल

राज चौधरी/कैलाली (पहिचान) पुष २५ – सुदुरपश्चिमका तेस्रोलिंगीले आफ्नो यौनिक पहिचानबारे जानकारी नहुँदा आफै अन्यौलमा रहेको वताएका छन् । नील हिरा समाजको शाखा कार्यालय धनगढीले समलिंगी तेस्रोलिंगीको मानवअधिकार र यौन रोग तथा एड्सका बारेमा संचालन गरेको कार्यक्रममा सुदुरपश्चिमका गाउँ गाउँबाट आएको तेस्रोलिंगीले यौनिक पहिचान नहुँदा अन्यौलमा रहेको वताएका हुन् ।
bds-kailaliतेस्रोलिंगी चैनुले चेतना मुलक कार्यक्रममा सहभागी हुन पाउँदा आफू तेस्रोलिंगी भएको थाहा पाएको वताइन । जन्मिदा छोरा र पछि छोरीको जस्तो व्यवहार छ चैनुले भनिन्, फरक व्यवहार गरेको भनेर परिवार र समाजले हेर्ने दृष्टिकोण फरक छ । समाजमा, बाटोमा हिड्दा हिजडा, छक्का भनेर विभेद गरेकाले जीवन जिउन समेत समस्या रहेको चैनुले वताइन ।
तेस्रोलिंगी झिम्कि मायाले पनि आफ्नो चैनुको जस्तै समस्या रहेको वताइन । कार्यक्रममा गाउँ गाउँ बाट आएका समलिंगी तेस्रोलिंगीहरुको सहभागीता रहेको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा र एच आई भी तथा एड्सको बारेमा सुदुरपश्चिम समाजका संयोजक राजु लामाले जानकारी गराएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.