अरुलाई दोष लगाउने बानी राम्रो होइन, यसबाट वच्नु पर्छ : आफूलाई कसरी चिन्ने ?

अरुलाई दोष लगाउने बानी राम्रो होइन, यसबाट वच्नु पर्छ : आफूलाई कसरी चिन्ने ?

Sunilbabu-pantaसुनिलबाबु पन्त/पहिचान – सफलता र असफलता जीवनसंग साथ चलिनै रहन्छ । केहि काममा हामीलाई सफलता मिल्छ त केहिमा मिल्दैन। तर यसको मतलब यो होइनकी तिमि आफ्नो असफलताहरुको दोष अरुको टाउकोमा थुपार्न थाल। हामीले हरेक क्षण नया दृष्टिकोणसंग प्रयास गरी रहनु पर्छ । आफूलाई कमजोर नठान, तर यसको मतलव अहंकारि हुनु कदापि उचित होइन, जसले जीवनको शान्ति नै भङ्ग गरोस्।यो सहि हो कि धेरै पटक अरुको साना ठूला गल्तिहरुले काम बिग्रने गर्छ, बारम्बार भन्दा पनि सुध्रिदैनन् तर पनि आफ्नो कामको जिम्मेवारी आफ्नै हुन्छ र आफैले लिनु पनि पर्छ । किनकि आफ्नो जीवनको प्राथमिकता र अपेक्षा अनुसार अरुले चल्नु पर्छ भन्ने छैन। कारण उनीहरुको जीवनको पनि आ आफ्नै प्राथमिकता र अपेक्षाहरु हुने गर्छन्। यसरी अरुले मेरै सोच अनुसार चल्नु पर्छ भन्ने जस्तो गरी आफ्नो सोच अनुसार काम नभएमा अरुलाई दोष लगाउने बानी राम्रो होइन, यसबाट वच्नु पर्छ।
जीवनमा प्रगति गर्नका लागि तिमी अरुसंग लड्नुको साटो आफ्नो काममा ध्यान देऊ। आफ्नो सपना पूरा गर्नका लागि बाटोमा आउनसक्ने अप्ठ्याराहरुलाई पहिलेनै पहिचान गर्ने प्रयास गर्नु उचित हुन्छ ता कि पछि पछुताउनु नपरोस्। तिमीले यो बुझ्नु जरुरी छ कि विग्रेको परिस्थितिसंग अरु लडाई गरिराख्नु उचित हुन्छ की आफ्नो योग्यता, स्वभाव, अनुशासनलाई परिष्कृत गर्दै आफ्नो जीवनस्तरको विकास गर्नु फाइदाजनक हुन्छ।
हरेक मानिसको जीवनमा कुनै न कुनै समस्या हमेसा आईपर्छ। यसको मतलव संसारमा आफूमात्र ठिक, वाकि सबै खराव, भनेर देख्नु उचित हुदैन। आफूलाई प्रत्यक्ष असर गर्ने हरेक राम्रा नराम्रा परिणामहरुको जिम्मेवारी आफैले लिनु पर्छ,चाहे त्यो स्वास्थ्य, पद, घर, परिवार, सम्पत्ति, प्रतिष्ठा वा आध्यात्मिक पूंजिमा नै किन नहोस्, किनकि हामी आफ्नै चाहना र निर्णय अनुसार कर्म गर्छौं, अरु त सहयोगी पात्र मात्र हुने हुन्। कहिले कांहि गल्ति नगर्दा नगर्दै पनि प्रतिकूल परिस्थिति बन्न सक्छ त्यसमा भने आफूले आफूलाई दोषी मान्नु हुदैन किनकि यसले तिम्रो खुशी र शान्ति नष्ट पारिदिन्छ । ठिक गर्दा गर्दे पनि परिस्थिति उल्टा भई राख्यो भने त्यसैमा लडिराख्नु पर्छ भन्ने छैन, जीवनमा असंख्य संभावनाहरु छन्, नया सोच र तरिकाले नयां जीवन सुरु गर्नु उचित हुन्छ । परिस्थितिलाई जितेरै छाड्छु भन्ने अहंकारले दुःख मात्र ल्याउंछ। फेरि कहिलेकांहि गलत काम गर्दा परिस्थिति ठिक जस्तो लागे पनि कालान्तरमा त्यसले दुःख नै दिन्छ। त्यसैले अरुमाथि दोषारोपणको खेल या गल्ती खोज्ने वानीले सिर्फ तिमीलाई तुच्छ बनाऊछ ।
खुशि हुने एउटा तरीका छ, कि तिमी जे काम पनि गरी रहेका छौ, त्यसमा चिंता कम गर र आरामसंग नआत्तिकन काम गर।
तिमीलाई आफ्नो खुशी र शान्तिका लागी नकारात्मक सोच (भनेको आफ्नो स्वार्थमा अरुको कुभलो समेत गर्ने सोच भनेर बुझ्नु पर्छ) वाट बच्नु पर्छ । तिमी आफ्नो आशा र प्रयास कम नगर, चाहे कालो बादलनै तिमीमाथी मंडराई रहेको किन नहोस्। सृष्टिले यदि समस्या अगाडि ल्याएको छ भने समस्यासंग लड्ने तागत पनि दिएको छ। फरक यति हो की तिमी आफूले लिएको बाटो सहि छ वा गलत छ भनेर छुट्टाउन सक्छौ कि सक्दैनौ ?

आफूलाई कसरी चिन्ने?

अधिकाम्स मानिस आफूलाई सबैले राम्रो भन्द्योस्, सबैले आफ्नो प्रसंसा गरुन भनेर चाहन्छन्। धेरैले समाजमा आफूलाई राम्रो देखाउने प्रयास पनि गर्छन्। यदि मानिस भित्रै देखि राम्रो छ भने उसले राम्रो छु भनेर देखाउने प्रयास गर्नै पर्दैन, त्यो सोतह देखिन्छ। उसलाई अरुले राम्रो नराम्रो भन्ने भन्दा पनि आफ्नो क्रियाकलापलाई हेर्छ, महत्व दिन्छ। तर हामी मध्ये धेरै मानिस घरबाट बाहिर जांदा र अरुसंग व्यबहार गर्दा “राम्रो” देखिनका लागि खास घ्यान पुर्याएका हुन सक्छौ, सायद त्यति ध्यान घरमा दिदैनौं।
तर थोरै मनिसले मात्र बुझ्न सकेका हुन्छन् कि राम्रो  भनेको “हुने” हो, ना की “देखिने”।
अव कसरी थाहा पाउने आफू साच्चिकै “राम्रो” छु वा देखावटि “राम्रो” मात्र हुं?
यसका केहि चिन्हहरु (Indications) छन्, जस्मा विचार गर्न सकिन्छ। जस्तो हामी आफैसंग मात्र हुंदा कस्तो व्यवहार गर्छौं र खासगरि घरमा र आफ्ना नजिकका संग कस्तो व्यवहार गरिरहेका छौं वाट आफ्नो वारेमा धेरै थाहा पाउन सकिन्छ। किनकि हामीलाई आफूसंग, आफ्नो कोठामा, घरमा र नजिकका आफ्न्तसंग “देखाउनु” पर्नै हुंदैन।
त्यसकारण:
  • हामी बाहिर जाने बेला मात्र सफा सुग्घर (सुटेड-बुटेड) भएर जान्छौं, कि घरमा पनि सर सफाईमा ध्यान दिन्छौं ?
  • बाहिरका मानिससंग मात्र मिठो वचन बोल्छौं,  कि घरमा पनि शान्त भएर आदरपुर्वक र मायालु बोलि बोल्छौं ?
  • सेल्फी खिच्ने बेला र अरुको सामने मात्र काम गरे जस्तो गर्छौं कि घरको काममा पनि ध्यान दिन्छौं ?
  • अफिसमा डायरि राख्छौ, टेवल पनि मिलाउंछौ, तर  घरमा आफ्नो कोठा ब्यवस्थित राख्न सकेका छौं कि छैनौं वा लुगा फेरेर यसै कुनामा फाल्ने, जुत्ता फुकाएर यसै मिल्काउने गरेका पो छौं की ?
  • वाहिरका मानिस संगमात्र राम्रो संबन्ध बनाउने कुरामा जोड दिएका छौं, की घरमा परिवारका सदस्यसंग पनि राम्रो संबन्ध राख्न सफल छौं ?
यसरी अरुसंग त सायद हामीले देखावटिरुपमा “राम्रो” देखिन गरेका प्रयासले अरुले आफ्नो वारेमा राम्रै मान्छे होला भनेर प्रशंसा गरेको पनि हुन सक्छ किनकि उसले हामीलाई नजिकवाट चिनेको हुंदैन। त्यसैले वाहिरका मानिसले गरेको प्रशंसाको लायक हामी नहुन पनि सक्छौं। खास महत्व त आफ्ना नजिककाले हाम्रो वारेमा के भन्छन् त भन्नेमा हुन्छ, किनकि हामीलाई हाम्रा नजिककाले नै राम्रो संग चिनेका हुन्छन् र उनिहरुको आंकलन वढि सहि हुन्छ हाम्रो वारेमा।
यस्तै आफ्नो कोठामा, घरमा र नजिकका आफन्तसंग गरिने आफ्ना व्यबाहरलाई आफैले नियालेर थाहा पाउन सकिन्छ कि आफू साच्चिकै राम्रो छु वा देखावटि राम्रो मात्र हुं ( am I really a nice guy or just a pretender).
लेखक : पहिलो संविधान सभाका सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading