पूर्व राष्ट्रिय खेलाडी तेस्रोलिंगी ममताको परिवारलाई आर्थिक सहयोग

पूर्व राष्ट्रिय खेलाडी तेस्रोलिंगी ममताको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (पहिचान) पुष २८ – अखिल नेपाल फुटवल संघ एन्फाले पूर्व राष्ट्रिय खेलाडी तेस्रोलिंगी ममताको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । ममताको किरिया खर्चका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको एन्फाका कार्यकारी अधिकृत सिइओ इन्द्रमान तुलाधरले पहिचानलाई जानकारी दिए ।

नेपाली राष्ट्रिय महिला टोलीमा रहेर अन्तराष्ट्रिय स्तरमा प्रतिपष्र्धा गर्ने ममताको सम्मान गर्दै उनको परिवारलाई किरिया खर्चका लागि सहयोग गर्ने निर्णय भएको तुलाधरले वताए ।

यस्तै ममताको उपचार र अन्त्यष्टीका लागि नील हिरा समाज र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले ६० हजार सहयोग गरेको तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहले जानकारी दिए । १४ गते राती निधन भएका नील हिरा समाजको शाखा कार्यालय एकता नेपालका कार्यबाहक अध्यक्ष ममताको परिवारलाई एन्फा र नील हिरा समाजले आर्थिक सहयोग गरेको हो ।

३२ बर्षका तेस्रोलिंगी पुरुष ममताले सन् १९९९ मा फिलिपिन्समा भएको एसियन महिला च्याम्पियनसिप फुटबलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनले काठमाडौंमा २०५५ भदौंमा भएको मेयर कपमा कैलालीबाट भाग लिएकी थिइन् । उनले पछिल्लो पटक २०६५ मा धनगढीमा आयोजित राष्ट्रिय महिला प्रतियोगिता खेलेकी थिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.