समलिंगी विवाहलाई मान्यता दिदाँ फरक पर्दैन : उदेश श्रेष्ठ

समलिंगी विवाहलाई मान्यता दिदाँ फरक पर्दैन : उदेश श्रेष्ठ

667
SHARES

काठमाडौं (पहिचान) माघ ६ – गायक उदेश श्रेष्ठले समलिंगी विवाहले मान्यता पाउनु पर्ने बताएका छन् । “यदी कोही महिला वा पुरुषले आफू जस्तै अर्को महिला वा पुरुषसँग विवाह गर्न चाहन्छ भने यसलाई मान्यता दिनुपर्छ,” रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भने, “समलिंगी विवाहलाई मान्यता दिँदा केही फरक हुन्छ जस्तो मलाई लाग्दैन ।”
समलिंगी विवाहलाई मान्यता नदिदाँ पनि अहिले धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक सँगै बसेको भन्दै यसलाई बैधानिकता दिँदा केही फरक नपर्ने उनको भनाइ छ । समलिंगी तेस्रोलिंगी भन्ने वित्तिकै विभेद हुने गरेको भन्दै उनले यसको अन्त्यका लागि चेतनाको विकास हुनुपर्नेमा जोड दिए ।
गीतसंगीत समाजको प्रतिविम्ब भए पनि समलिंगी तेस्रोलिंगीका विषयमा अहिलेसम्म गीत नलेखिनु यसबारे कम बुझाइ रहनु मुख्य कारण भएको उनको भनाइ छ । “मलाई पहिलोपटक आज यो विषयमा स्ट्राइक भयो, अब म यसबारे सोच्छु,” गायक श्रेष्ठले भने, “समलिंगी तेस्रोलिंगीका बारेमा गीत गाउनुपर्छ भन्ने म आजबाट सोच्छु ।”
कुनै एक व्यक्ति विशेषले भन्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र भइरहेको विभेद अन्त्यका लागि अभियान चलाउनु पर्नेमा उनको जोड छ । “एकल प्रयास भन्दा पनि सामुहिक प्रयास सबल हुन्छ । समलिंगी तेस्रोलिंगी माथि भइरहेको विभेद अन्त्यका लागि समाजका सबै पक्ष मिलेर अभियान नै चलाउनु पर्छ,” गायक श्रेष्ठ भन्छन्, “यसो गर्न सकियो भने यो अभियान प्रभावकारी हुन्छ ।”

समाचार शेयर गर्नुहोस्
667
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.