चाहेर समलिंगी तेस्रोलिंगी भईदैन : बबिता बस्नेत

चाहेर समलिंगी तेस्रोलिंगी भईदैन : बबिता बस्नेत

995
SHARES

अम्बिका दाहाल/काठमाडौं (पहिचान) माघ १० – पत्रकार बबिता बस्नेतले कोही व्यक्ति चाहेर समलिंगी तेस्रोलिंगी नहुने बताएकी छन् । यस वर्षको लैंगिक समानता पुस्कार प्राप्त गरेकी उनले कोही व्यक्ति विशेषले चाहँदैमा यौनिक तथा लैंगिक अल्पसंख्यक नहुने बताइन् ।
“मैले केही समय अगाडि यस विषयमा आर्टिकल पनि लेखेको थिएँ,” उनले भनिन्, “यस विषयमा मलाई भन्दा पनि सम्बन्धित व्यक्तिलाई नै धेरै थाहा हुन्छ । यसबारे उहाँहरुले नै आफ्नो अधिकारका लागि बिशेष पहल गर्नुपर्छ ।”
समलिंगी तेस्रोलिंगी भित्र पनि धेरै प्रकृति हुने भन्दै उनले भनिन्, “यी सबै समूह मिलेर अधिकारका लागि संघर्ष गर्नुपर्छ ।” उनले आफूहरुले कार्यक्रम गर्दा समाजमा महिला पुरुषसँगै ठूलो संख्यामा समलिंगी तेस्रोलिंगी पनि रहेको भन्दै समतामुलक समाज निर्माणमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि विभेद नगर्न र सँगै अगाडि बढाउन आग्रह गर्दै आएको बताइन् ।
नीति निर्माण तहबाटै समलिंगी तेस्रोलिंगीको अधिकारका लागि समेट्दै लैजानु पर्नेमा जोड दिदै पत्रकार बस्नेतले राज्यका सरकारी तथा गैरसरकारी निकायले आफ्नो फारममा अन्य उल्लेख गर्नुपर्ने धारणा राखिन् ।
अन्य देशको तुलनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार नेपालमा संविधानमै सुरक्षित हुनु गौरवको विषय भएको भन्दै उनले व्यवाहारमा पनि समलिंगी तेस्रोलिंगीलाई समान व्यवाहार हुनुपर्नेमा जोड दिइन् । “अगाडी गुडगुड भन्ने हिँडिसकेपछि पछाडि फर्किएर त्यो त तेस्रोलिंगी हो नि भनेर मुख खुम्च्याउनेहरु धेरै छन् । यसो हुनु हुँदैन,” उनल् भनिन् ।
पत्रकार बस्नेतले समलिंगी तेस्रोलिंगीलाई आफ्नो अधिकारसँगै अन्य समुदायका अधिकारका विषयमा पनि आवाज उठाउन सल्लाह दिदै सबैको अधिकारका कुरा गरेको खण्डमा समाजमा घुलमिल हुन सजिलो हुने बताइन् ।

समाचार शेयर गर्नुहोस्
995
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.