यौनिक अल्पसंख्यकलाई समावेशी समानुपातिकमा स्थान दिनुपर्छ : श्रेष्ठ

यौनिक अल्पसंख्यकलाई समावेशी समानुपातिकमा स्थान दिनुपर्छ : श्रेष्ठ

544
SHARES

रुक्साना कपाली/काठमाडौं (पहिचान) माघ १८ – संघीय समाजवादी फोरमका महासचिव राजेन्द्र श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेशी समानुपातिकमा स्थान दिनुपर्ने वताएका छन् । नेवाः देय् गुथि र नेवाः राजनीतिक अभियानको आयोजनामा काठमाडौंको गणबहाल स्थित नेपाल आदर्श मा.वि.मा भएको संविधान संशोधन प्रति नेवा समुदायहरूको जिम्मेवारी विषयक अन्र्तक्रियामा श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेशी समानुपातिकमा स्थान दिनु पर्ने वताएका हुन् ।
विभिन्न अल्पसंख्यकका अधिकार सुनिश्चित गर्न अन्य मुलुकहरूले अपनाएका संयन्त्रको उदाहरण दिदै श्रेष्ठले नेपालमा जातीय अल्पसंख्यक मात्र नभइ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समावेशी समानुपातिकमा स्थान दिनु पर्ने बताए । उनले हरेक संयन्त्रमा ३३ प्रतिशत महिला हुनु पर्ने हुँदा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि स्थान दिनु पर्नेमा जोड दिए । संसदमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व हुनु पर्छ उनले भने ।
नेवाः समुदायले आफ्नो हक अधिकारका लागि अन्य आदिवासी जनजाति, मधेशी, मुश्लिम र शिल्पिहरु जस्तै  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग् पनि हातेमोलो गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । श्रेष्ठले नेवा : समुदायमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको भन्दै यस समुदायलाई पनि समावेश गराउने आश्वासन दिए ।

समाचार शेयर गर्नुहोस्
544
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.