यौनिक अल्पसंख्यकबारे गीत गाउन सक्छु : राजनराज

यौनिक अल्पसंख्यकबारे गीत गाउन सक्छु : राजनराज

752
SHARES

काठमाडौं (पहिचान) माघ १८ – गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा आफूले गीत गाउन सक्ने बताएका छन् । फरक विषय र समाजिक सन्देश दिने गीत गाउनु आफ्नो पहिचान भएको भन्दै उनले समलिंगी तेस्रोलिंगीको विषयलाई लिएर गीत तयार पार्न सक्ने स्पष्ट पारे ।
“मेरा लागि यो विषय नयाँ हो, यसमा गहन अध्ययन गर्नुपर्छ,” शिवाकोटीले रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा भने, “तर अब आज मलाई यो विषय नयाँ हो भन्ने लाग्यो, यसलाई समेटेर गीत गाउन सक्छु ।”
विशेषगरी शिवाकोटी सामाजिक तथा विकासको सन्देश दिने गीत गाउन रुचाउँछन् । “मलाई मायाँ प्रेम मात्रै भन्दा पनि विकासका लागि सरोकारवाला पक्षलाई झक्झक्याउने र सामाजिक सन्देश दिने गीत गाउन मन लाग्छ,” उनले भने, “मैले तत्कालीन माओवादी द्वन्द्वका समयमा वार्ता गराइदेउ भन्ने गीत गाएँ, बोक्सी डायनी हुँदैन, चेलीबेटी बेचविखन विरुद्ध गीत गाएको छु । यस्ता खालका गीत गाउँदै आएको छु ।”
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र मुद्दाको विषय आफ्ना लागि नौलो र नयाँ भएकाले यसबारे पनि गीत गाउन सकिने भन्दै उनले भने, “यो विषय अव क्लिक भयो, यसबारे म सोच्छु ।”
प्रकृतिमा सबै समान भएको भन्दै उनले समलिंगी तेस्रोलिंगी पनि अन्य मानव सरह नै भएको बताए । फरक यौनिकता भएकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्नु नहुने भन्दै उनले समलिंगी तेस्रोलिंगीप्रति साहित्यकार तथा श्रष्टाहरुको न्यून बुझाइ रहेकाले उनीहरुका विषय समावेश हुन नसकेको बताए ।
शिवाकोटीले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समलैंगिक विवाहको मान्यता दिनुपर्ने विचार व्यक्त गरे । सबैको आ–आफ्नै चाहना हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीको इच्चा अनुसार उनीहरुले विवाह गर्न पाउनुपर्नेमा शिवाकोटीको जोड छ ।

समाचार शेयर गर्नुहोस्
752
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.