राज चौधरी/कैलाली (पहिचान) माघ २० – समलिंगी तेस्रोलिंगी समुदायले पहिचान अनुसारको नागरिकता पाए पनि राज्यबाट कुनै सेवा सुविधा नपाएको वताएका छन् । उनीहरुले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदा आफ्नो सम्बन्धलाई लुकाएर बस्नु पर्ने वाध्यता भएको वताए ।
नील हिरा समाजको शाखा कार्यालय धनगढीले टिकापुरमा गरेको कार्यक्रममा सहभागीहरुले समलिंगी विवाहलाई मान्यता दिदै राज्यबाट प्रदान हुने सेवा सुविधामा विभेद नगर्न आग्रह गरे । नील हिरा समाजका क्षेत्रिय संयोजक राजु लामाले समुदायका सदस्य शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच नहुदा आफ्नो जीवन गुजारा गर्न समेत समस्या भएको वताए ।
टिकापुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुले विद्यालयबाटै समलिंगी तेस्रोलिंगी समुदायका बारेमा प्रचार प्रसार गराउन उपयुक्त हुन सक्ने वताए । उनीहरुले हरेक विद्मालाय र क्याम्पसमा यो समुदायको वारेमा कक्षाहरु संचालन गर्दा उपयुक्त रहने सुझाव समेत दिए । टिकापुरका क्रियाशिल पत्रकारहरुले आफुहरु समलिंगी तेस्रोलिंगी प्रति सकारात्मक रहेको र यो समुदायका सवालहरुलाई अगाडी बढाउन कलम चलाएर सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.