‘पहिचान खुलाए राजनीतिक दलले यौनिक अल्पसंख्यकलाई समावेश गर्छन्’

‘पहिचान खुलाए राजनीतिक दलले यौनिक अल्पसंख्यकलाई समावेश गर्छन्’

929
SHARES

विपना पनेरु/कास्की (पहिचान) माघ २६ – नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर आए आफ्नो पार्टीले उचित स्थान दिने बताएका छन् । पहिचान खुलाएर नआएकै कारण राजनीतिक दलमा यौनिक तथा लैंगिक अल्पसंख्यक समावेश हुन नसकेको संयोजक कोइरालाको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका विभिन्न तहमा समलिंगी तेस्रोलिंगी समावेश भए नेतृत्व तहमा पुर्याउन पार्टी तयार रहेको कोइरालाले आश्वासन दिए ।
“तपाइँले मसँग आज समलिंगी तेस्रोलिंगीका बारे खुलेर कुरा गर्नुभयो, मलाई धेरै कुरा थाहा भयो,” संयोजक कोइरालाले भने, “सबैलाई थाहा भएपछि राजनीतिक दलले आफ्नो पार्टीमा समावेश गर्दै लैजान्छन् ।”
संविधानले संबोधन गरिसकेको अवस्थामा समलिंगी तेस्रोलिंगीलाई समाजका सबै पक्षले समेट्नुपर्नेमा उनको जोड छ ।
सरकारी तथा गैरसरकारी संघसंस्थाका फारममा अझै पनि समलिंगी तेस्रोलिंगीलाई संबोधन गर्नेगरी अन्य उल्लेख नगरिएको प्रसंगमा संयोजक कोइरालाले अब यस विषयमा पनि सोच्नुपर्ने अवस्था आएको बताए । “ अब सबै समान हो भनेर मात्रै हुँदैन,” उनले भने बिधी र प्रक्रियामा समावेश गरेर अगाडि बढ्नुपर्छ अनि मात्रै राजनीतिक तथा सामाजिक रुपमा सबैले समलिंगी तेस्रोलिंगीलाई स्वीकार्ने अवस्था आउँछ ।”
समाजले समलिंगी तेस्रोलिंगीलाई बुझ्न अझै बाँकी नै रहेको भन्दै उनले चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
929
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.