तेस्रोलिंगी पुष्पा लामा कांग्रेस प्रवेश, सक्रीय राजनीतिमार्फत रूपान्तरणको योजना

तेस्रोलिंगी पुष्पा लामा कांग्रेस प्रवेश, सक्रीय राजनीतिमार्फत रूपान्तरणको योजना

नवलपरासी (पहिचान) फागुन १ – तेस्रोलिंगी पुष्पा लामा सक्रीय राजनीतिमार्फत परिवर्तनको योवनासहित कांग्रेस प्रवेस गरेकी छन् । यसअघि राजनीतिमा नरहेकी लामा नेपाली कांग्रेस प्रवेस गरेकी हुन् । लामालाई नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले अविर लगायर प्रवेस सहित सदस्यता दिएका हुन् ।
’यौनिक तथा लैंगिक अल्पसंख्यकहरू पनि अवसर पायो भने जुनसुकै जिम्मेवारी सम्हाल्न सक्छन् भनेर देखाउन म नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,’ नील हिरा समाज नवलपरासीकी कार्यक्रम अधिकृत समेत रहेकी लामाले भनिन् , ’म समुदायसँगै देशको रूपान्तरण गर्ने योजनासहित कांग्रेस प्रवेस गरेकी हुँ ।’ उनले पार्टी छान्ने पर्याप्त अपसन पाए पनि आफ्नो रोजाइमा कांग्रेस नै परेको बताइन् ।
’मलाई अरू पार्टीबाट पनि आ आफ्ना पार्टीमा आउन प्रताव आएको थियो, तर मैले त्यसलाई स्वीकार गरिन,’ पुष्पाले भनिन, ’सिद्धान्त र विचार मन परेकाले मैले कांग्रेस रोजेकी हुँ ।’ उनले आफू एक्लै हिड्ने बाँनी नभएको भन्दै समुदाय र बाहिरका साथिहरूलाई पनि राजनीतिमा आफूसँगै डोहोर्याउने बताईन ।
’हामी सक्छौ भनेर देखाउन चाहन्छु अनि समाज रूपान्तरण गर्न चाहन्छु,’ पुष्पाले भनिन, ’त्यसका लाग यौनिक अल्पसंख्यक समुदाय र त्यसबाहेकको समाजलाई विभेदरहित एकता र सहकार्यमा बाध्न चाहन्छु ।’
सामाजिक सेवामै रहेकी पुष्पा अझ फराकिलो दायरामा काम गर्दै सामाजिक हैसियत बनाउने माध्यम राजनीतिलाई ठान्छिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.