समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने माग

समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने माग

785
SHARES

दाङ (पहिचान) फागुन १ – महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दाङले समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने माग गरेको छ । देवानी संहिताको वर्तमान संसोधन प्रस्तावले महिलाका लागि व्यवस्था भएका अधिकारहरु कुण्ठित भएको भन्दै संजालले जिल्ला प्रशासन कार्यालय दाङमा बुझाएको १८ बुँदे मागपत्रको ११ नम्वर बुँदामा समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने उल्लेख गरिएको छ ।
विवाहको परिभाषामा पुरुष र महिलाको सम्बन्धलाई मात्रै नभई समलिंगी सम्बन्धलाई पनि कानुनी मान्यता दिनु पर्ने लेखिएको छ । नील हिरा समाज दाङकी शिल्पा चौधरी महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालमा आवद्ध छिन् ।
संजालले राखेका १८ बुँदे मागमा सहमित जनाउँदै जिल्ला प्रशासन कार्यालय माग पत्र प्रस्तुत गरिएको चौधरीले जानकारी दिइन । समलिंगी सम्बन्धसँगै तेस्रोलिंगी महिलाको समस्या विपरित लिंगी महिलाको जस्तै समान रहेको भन्दै चौधरीले देवानी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज या संसोधन गर्न माग गरेको जानकारी दिइन । केही दिनअघि काठमाडौंमा महिला संजालले सभामुख ओनसरी घर्ती मगरलाई बुझाएको मागपत्रमा पनि समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने उल्लेख गरिएको थियो ।

तस्विर : http://daodang.moha.gov.np/

समाचार शेयर गर्नुहोस्
785
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.