राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली अध्यक्षले भनिन्, ‘यौनिक अल्पसंख्यकहरु खुलेर आउनुस हाम्रो पार्टीमा स्वागत छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली अध्यक्षले भनिन्, ‘यौनिक अल्पसंख्यकहरु खुलेर आउनुस हाम्रो पार्टीमा स्वागत छ’

580
SHARES

राज चौधरी/कैलाली (पहिचान) फागुन २ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी कैलाली अध्यक्ष जनककुमारी कुँवरले समलिंगी तेस्रोलिंगीहरु खुलेर आए आफ्नो पार्टीले सधै स्वागत गर्ने बताएकी छन् । कैलालीको प्रथम जिल्ला सम्मेलनको समापनका क्रममा अध्यक्ष कुँवरले आफ्नो पार्टीले अल्पसंख्यकहरुका लागि छुट्टै कोटाको व्यवस्था गरेको भन्दै त्यस्तो कोटामार्फत मुलधारको राजनीतिमा छिर्न पनि उनले समलिंगी तेस्रोलिंगीलाई आह्वान गरिन् ।
‘म समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर सामुहिक रुपमा हाम्रो पार्टीमा आउन आग्रह गर्दछुँ,’ अध्यक्ष कुँवरले भनिन्, ‘तेस्रोलिंगी मोनिका शाहीले आफ्नो पहिचान खुलाएर आए जस्तै अरु समलिंगी तेस्रोलिंगीहरु पनि खुलेर आफ्नो अधिकारका लागि लड्नु आवस्यक छ ।’ तेस्रोलिंगी मोनिका राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला सदस्यमा मनोनित भएकी छन् ।
‘समलिंगी तेस्रोलिंगी पनि मानव नै हुन् उनीहरु आकाशबाट खसेका हैनन्,’ कुँवरले भनिन् ‘हामी जस्तै आमा बुवाका सन्ततीलाई आफ्नो अधिकारको लागि आवाज उठाउने पुरापुर अधिकार छ ।’ उनले अधिकारको आवाज एक्लै उठाउँदा भन्दा पार्टीगतरुपमा उठाउँदा बलियो हुने भन्दै पार्टीमा सामुहिक रुपमा आबद्ध हुन आह्वान गरिन् ।

समाचार शेयर गर्नुहोस्
580
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.