विवाहको अधिकार माग्दै यौनिक अल्पसंख्यक

विवाहको अधिकार माग्दै यौनिक अल्पसंख्यक

766
SHARES

राज चौधरी/कैलाली (पहिचान) फागुन ३ – मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयक देवानी संहितामा समलिंगी विवाहको माग गर्दै माग पत्र बुझाइएको छ । विभिन्न जिल्लामा जस्तै मानवअधिकार रक्षहरुको संजाल कैलालीले पनि देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था खारेज गरेर अरु अधिकार सँगै समलिंगी विवाहलाई मान्यता दिनु पर्ने व्यवस्था गर्न माग पत्र बुझाएको हो ।

संजालले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई बुझाएको माग पत्रमा महिला र पुरुषबीचको विवाह मात्रै नभइ समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिनु पर्ने लेखिएको छ ।

देवानी संहिताको संशोधन प्रस्तावमा महिलाका लागि व्यवस्था भएका अधिकारहरु र समलिंगी तेस्रोलिंगीको अधिकार संशोधन प्रस्तावमा कुनै ठाउमा उल्लेख नभएको र आउने दिनमा समस्या आउन सक्ने भएकाले संसोधन गरेर अधिकार स्थापित गर्न माग गरेको ओरेका नेपाल कैलालीका संयोजक सरिता चौधरीले जानकारी दिइन । मानव अधिकार रक्षक संजालले बुझाएको १८ बुंदे माग पत्रमा पुरुष र महिलाको सक्बन्धलाई मात्र नभई समलिंगी सम्बन्धलाई पनि कानुनी मान्यता दिनु पर्ने उल्लेख गरिएको छ ।

समाचार शेयर गर्नुहोस्
766
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.