अध्यक्ष कमल थापाले नियुक्तिको आश्वासन दिएपछि उम्मेद्वारी दिइनन् मोनिकाले

अध्यक्ष कमल थापाले नियुक्तिको आश्वासन दिएपछि उम्मेद्वारी दिइनन् मोनिकाले

577
SHARES

काठमाडौं (पहिचान) फागुन १० – कैलालीकी मोनिका शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको समलिंगी तेस्रोलिंगी समुदायबाट निर्विरोध निर्वाचित भएर महाधिवेशन प्रतिनिधि भएकी मोनिकाले केन्द्रीय सस्यको खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा जाने आकांक्षा राखेकी थिइन् । तर अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा मनोनित गर्ने आश्वासन दिएपछि उनी रोकिएकी छन् ।
‘देशभरबाट राप्रपाको तेस्रोलिंगी महाधिवेशन प्रतिनिधि म मात्र हो, त्यसैले धेरै साथिहरुले चुनाव लड जिताउँछौं भन्नु भएको थियो,’ मोनिकाले पहिचानसँग भनिन्, ‘अब पार्टीको अध्यक्षले नै मनोनित गर्छु, चुनाव नलड भनेपछि मैले उम्मेद्वारी नदिएकी हुँ ।’ शाहीले राप्रपामा ६० प्रतिशत निर्वाचित र ४० प्रतिशत मनोनित केन्द्रीय सदस्य भएकाले आफू मनोनित हुने विश्वास व्यक्त गरिन् ।
‘मलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संघकी अध्यक्ष समेत रहेकी सांसद कुन्ति शाही र महामन्त्री विक्रम पाण्डेले पनि मनोनयन गर्ने भन्दै चुनाव नड्न भन्नुभएको छ,’ शाहीले भनिन्, ‘त्यसैले म ढुक्क भएर चुनाव लडेकाहरु र मलाई आश्वासन दिने अग्रजहरुलाई नै सघाइरहेकी छुँ ।’ शाहीले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी मार्फत राष्ट्रिय राजनीतिमा क्रियाशील हुन लागेको बताइन् ।
शाहीले आफू लामो समय देखि कमल थापाको राजनीतिक विचारसँग निकट रहेर काम गरेको भन्दै अहिले पनि थापा नै अध्यक्षमा निर्वाचित भएकोमा खुशी व्यक्त गरिन् । ‘उहाँको नेतृत्वले राष्ट्रलाई निकास दिन्छ भन्नेमा म विश्वस्त छु’ मोनिकाले भनिन् ।

समाचार शेयर गर्नुहोस्
577
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.