निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चितवनमा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन

चितवनमा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन

691
SHARES

चितवन (पहिचान) फागुन १७ – नयाँ शक्ति अन्तरगत चितवनमा देबनारायण श्रेष्ठको संयोजकत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन भएको छ । नयाँ शक्ति नेपालकी केन्द्रिय परिषद सदस्य तथा यौनिक तथा लैंगिक अल्पसंख्यक परिषदकी संयोजक पिंकी गुरुङको उपस्थितिमा चितवनमा सम्पर्क समिति गठन भएको हो ।
३० सदस्यिय समितिले राजनीतिक अधिकार स्थापना गर्न स्थानीय राजनीतिक दलसँगै सरोकारवाला निकायसँग समन्वय गर्नेछ । “विभिन्न जिल्लामा गठन भएका यस्ता समितिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्नेछ,” यौनिक तथा लैगिक अल्पसंख्यक परिषदकी संयोजक गुरुङले भनिन्, “राजनीतिक चेतनाका लागि पनि यो समिति समलिंगी तेस्रोलिंगीका लागि फलदायी हुनेछ ।”
सम्पर्क समितिले यौनिक तथा लैंगिक अल्पसंख्यकले अहिले राज्यसँग मागिरहेको समानुपातिक तथा समावेशी सिद्धान्तको अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरुसँग सहकार्य गर्न पहल गर्ने गुरुङको भनाइ छ । “अझै पनि कतिपय समलिंगी तेस्रोलिंगीमा आफ्नो अधिकारका लागि आफै जागरुक हुनुपर्छ भन्ने चेतना छैन,” गुरुङले भनिन्, “यस्ता समितिले राजनीतिक दलसँग नजिक रहेर काम गर्न पुलको भूमिका खेल्नेछ र राजनीतिक अधिकारका लागि आफूलाई सक्रिय बनाउने छ ।”
गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आर्थिक रुपमा मजवुत बनाउन आर्थिक उपार्जनका लागि योजना बनाएर सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक तथा प्राविधिक सहयोगका लागि सेतुको काम गर्ने स्पष्ट पारिन् ।

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.