लैंगिक विभेद अन्त्यका लागि नेपाल अग्रसर

लैंगिक विभेद अन्त्यका लागि नेपाल अग्रसर

मिना अवस्थी/पहिचान  – पुरानो संस्कृती र रुढिवादी परम्परामा चलिरहेको यो समाजमा विकासले जस्तो सुकै गति लिए पनि हरेक क्षेत्रमा लैंगिक विभेदिकरण कायमै छ । जति सुकै प्रचार प्रसार र भाषणमा ठूला कुरा गरी समान अधिकार दिने भनेर व्यवस्था गरे पनि वास्तविकता जहाँको त्यही जस्ताको त्यस्तै छ । लैंगिक विभेदिकरणमा पनि अझ सबैको मन मस्तिष्कमा चासोको बिषय बनेको यौनिक हिंसा र लैंगिक असमानताको चरम सिकार बनिरहेका छन् अल्पसंख्यक समुदायका व्यक्ति । महिला पुरुष भन्दा फरक देखिने व्यक्तिहरु जसलाई “छक्का हिजडा”को नामले सम्बोधन गरिन्छ, जुन बिडम्वना हो ।
हो त्यही बिषय बस्तुबारे प्रष्ट भएको छ हिजडा र छक्का कस्ता व्यक्तिलाई भन्दा रहेछन भनि आज यस नील हिरा समाज नामक गैर सरकारी संस्थामा काम गर्ने मौका पाउँदा उनीहरुबारे राम्ररी बुझे । नील हिरा समाज नामक संस्था यिनै अल्पसंख्यक व्यक्तिहरु जुन समाजबाट गिरेको र घृणित नजरले हेरिन्छन उनीहरुकै उद्धार र अधिकारको लडाइ लडिरहेको छ । मेरो बुझाई अनुसार जुन जसले कुरा हिजोको दिनमा उनीहरुको बारेमा सुनिन्थ्यो तर वास्तविकता त्यस्तो रहेनछ । यो अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि सबै सरह समान अधिकार पाउनु पर्दछ । हिजोको दिन सम्म यि व्यक्तिलाई हेर्न पाए हुन्थ्यो भनेर मेरो मनमा खुल्दुली भैरहन्थ्यो । आज उनीहरुसँगै काम गर्दै हरेक पाइलामा हातेमालो गर्दै अगाडी बढ्दा सबैको बारेमा प्रष्ट भएकी छु ।
अहिले मेरो मनमा लागेका उनीहरु प्रतिको घोर विभेद अन्त्य गरेकी छु । सबै व्यक्ति समान छौ तर उनीहरु हामी भन्दा भिन्न छन, भावना फरक र व्यवहार फरक तर अधिकार समान हुनुपर्दछ । उनीहरुको पनि जिउने अधिकार सुनिश्चित गर्दै समाजमा रहेका यस्ता व्यक्तिहरु जो समाजको डरले गुम्सिएर बसिरहेका छन् आफुलाई फरक रुपमा चिनाउन सकिरहेका छैनन् उनीहरुलाई जानकारी र सूचनाको माध्यमबाट बुझाई आफ्नो अधिकारको लडाइका लागि अगाडी बढन प्रेरित गर्नु आज अपरिहार्य रहेको छ ।
लैंगिक विभेदिकरणको अन्त्यका लागि नेपाल विश्वमा सबै भन्दा अग्रसर रहेको छ । हरेक क्षेत्रको कुना कन्दारामा रहेका व्यक्तिहरुको खोजी गरी उनीहरुको बुझाई र सोचाईमा फरक ल्याउन यस संस्थाको एउटा जिम्मेवारी पद सम्हाली बस्दा आफ्नो तवरबाट हुने हरेक सहयोगको लागि अगाडी बढ्ने छु । यसरी मेरो सहकार्य र सानो सहयोगले उनीहरुको अधिकार सुनिश्चित हुन्छ कि ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading